१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’

आन्तरिक पर्यटकको रोजाइमा सिमसार क्षेत्र

आन्तरिक पर्यटकको रोजाइमा सिमसार क्षेत्र
अ अ+ अ-

सिरहा । लहानदेखि उत्तरतर्फ पर्ने चुरेक्षेत्र आसपासका सिमसार क्षेत्र वनभोज र घुम्नका लागि उपयुक्त गन्तव्य बन्न थालेका छन् ।

लहानबाट सात किलोमिटर उत्तरतर्फ चुरे फेदीमा अवस्थित ‘हात्तीदह सिमसार तथा पर्यटकीय क्षेत्र’मा जाडोयाममा वनभोज खान आउनेको भीड लाग्न थालेको छ । तीन वर्षअघि ‘कोइरालो खोला नमूना सामुदायिक वन’भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ विकास गरिएपछि यहाँ घुम्ने र वनभोज खानेको भीड लाग्न थालेको हो ।

करिब पाँच हेक्टरमा फैलिएको यहाँ बाह्रै महिना पानी नसुक्ने चारवटा पोखरी, वनभोजस्थल र आकर्षक उद्यान छन् । लहान नगरपालिका—१५ स्थित हात्तीदह सिमसार तथा पर्यटकीय क्षेत्र संरक्षण समितिका अध्यक्ष रुद्रनारायण चौधरीेले भन्नुभयो, “यहाँ वनभोज खान सिरहा, सप्तरी, उदयपुर, धनुषा, महोत्तरी तथा छिमेकी राष्ट्र भारतबाट समेत सर्वसाधारण आउने गर्दछन् ।”

उहाँका अनुसार हाल सार्वजनिक बिदा बाहेकका दिनमा करिब पाँच समूह वनभोजका लागि यहाँ आउने गरेका छन् । सार्वजनिक बिदाका दिन बीस वटासम्म समूह आउने गर्दछन् ।

लहान—१२ र २२ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल सलहेश फूलबारी, लहान—२४ मा अवस्थित मानिकदह, लहान—१५स्थित गोसाइडाँडा ताल, लहान—१७ स्थित देवीदहलगायतका स्थानमा वनभोजका लागि आउनेको भीड लाग्ने गरेको छ । लहान नगरपालिका–१५ बानोगाउँस्थित ‘झोवाइ खोल्सी चुरियाडाँडा सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण गरी ‘गोसाइँडाँडा ताल’ निर्माण गरिएपछि वनभोज खान र घुम्न आउनेको सङ्ख्यामा वृद्धि भएको चुरियाडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगनलाल चौधरीले जानकारी दिनुभयो ।

उत्तरी लहानकै ‘देवीदह सिमसार तथा पर्यटकीय क्षेत्र’ मा पनि पर्यटकको सङ्ख्या बढेको छ । चुरे क्षेत्रका सिमसार क्षेत्रको संरक्षणमा स्थानीय सरकारले चासो देखाउन थालेका छन् । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले भन्नुभयो, “यहाँका पर्यटकीय क्षेत्रको भौतिक विकासमा हामीले उच्च प्राथमिकता दिएका छौँ ।”

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा बुधबार यसक्षेत्रमा घुम्न र वनभोज खान आउनेको भीड लागेको थियो । विभिन्न देवीदेवताका मन्दिर, वनस्पति, जीवजन्तु र पशुपक्षीको बासस्थानसमेत रहेको यहाँका सिमसार क्षेत्र वनभोज, अध्ययन, अनुसन्धान र अवलोकनका लागि उपयोगी छन् । रासस