१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विचाराधिन विधेयक आगामी अधिवेशनमा पारित हुनेगरी काम गर्न सांसदलाई काँग्रेसको आग्रह



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलले संसदमा विचाराधिन विधेयकहरुलाई संसदको आउँदो अधिवेशनमा पारित गर्नेगरी काम गर्न पार्टीका सांसदहरुलाई आग्रह गरेको छ ।

बुधवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले ६ वटा समितिमा रहनुभएका सांसदहरुलाई यस्तो आग्रह गरेको हो । समितिमा रहेका विधेयकहरुको अवस्था र ति विधेयकहरु पारित हुन नसक्नुका कारणबमरे पार्टीका सांसदहरुसँग छलफल गरिएको पार्टीका सहमहामन्त्री जीवन परियारले बताउनु भयो ।

उहाँले विचाराधीन विधेयकका सन्दर्भमा संघीय संसदका अर्थ, शिक्षा, कानून, राज्य व्यवस्था, उद्योग र पूर्वाधार विकास समितिका सांसदहरुसँग छलफल गरेको बताउनु भयो ।

उहाँले समितिहरुमा १५ वटा विधेयकहरु विचाराधिन अवस्थामा रहेको उल्लेख गर्दै संसदको हिउँदे अधिवेशन शुरु हुँदासम्म सबै विधेयक टुंगोमा पुर्याउन सांसदहरुलाई आग्रह गरिएको बताउनु भयो ।

सांसदहरुले समितिमा विचाराधिन विधेयकहरु टुङ्गोमा पुर्याउन तदारुकताका साथ काम गर्ने प्रतिवद्धता जनाएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हामी संघीय संसदमा विचाराधीन विधेयकहरुको सन्दर्भमा के, कस्तो अवस्था छ । र ति विधेयकहरु समितिमा के कति कारणले पारित हुन सकेका छैनन् ? र आउँदो हिउँदे अधिवेशनमा समितिबाट समेत पारित गर्ने र हिउँदे अधिवेशनबाट विचाराधिन विधेयकहरुलाई अन्तिम टुंगोमा पु¥याउनका लागि नेपाली काँग्रेसले पार्टीका सांसदहरुसँग हामीले छलफल गरेका छौं ।

आज हामीले दुई चरणमा छलफल गरेका छौं । बिहान ११ बजे अर्थ समिति, शिक्षा समिति र कानून समितिका माननीय सदस्यहरुसँग छलफल ग¥यौं भने आज दिउँसो २ बजे राज्य व्यवस्था समिति, उद्योग समिति र पूर्वाधार विकास समितिका माननीयज्यूहरुसँग छलफल ग¥यौं । १५ वटा विधेयकहरु यी समितिहरुमा छलफलको क्रममा छन् ।

कतिपय विधेयकहरु अन्तिम टुंगोमा लाग्न लागेको र कतिपय विधेयकहरु छलफलकै क्रममा रहेको जानकारी प्राप्त भएको छ ।

हामीलाई के विश्वास छ भने समितिमा जतिसक्दो छिटो यी विधेयकहरुलाई अन्तिम टुंगोमा पु¥याएर संसदको अगामि अधिवेशनमा यी पन्ध्र वटै विधेयकहरु पारित गर्नको लागि हामीले माननीय सदस्यहरुसँग आग्रह गरेका छौं । उहाँहरुले पनि तदारुकताका साथ विधेयकमाथि समितिमा छलफल गरेर अन्तिम टुंगोमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

गत बिहीवार सत्तारुढ दुई दल नेकपा (एमाले) र नेपाली काँग्रेस सम्मिलित कार्यदलले संघीय संसदमा विचाराधीन विधेयकलाई आगामी अधिवेशनमा पारित गराउने गरी काम गर्ने निर्णय गरेको थियो ।