३१ जेष्ठ २०८३, आईतवार
,
Latest
‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामारी नियन्त्रण गर्न भन्दै रोकिएको अस्ट्रेलिया र न्यूजील्यान्डबीच यात्रा आंशिक रुपमा खुला



अ+ अ-

नबेरा । कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै रोकिएको अस्ट्रेलिया र न्यूजील्यान्डबीच यात्रा आंशिक रुपमा खुला भएको छ । 

अस्ट्रेलियाका यातायात मन्त्री माइकल म्याककोर्माकले न्यूजील्यान्डका यात्रुहरुले अस्ट्रेलियाका सिड्नी र डार्बिनमा बिना क्वारेन्टिन हवाई यात्रा गर्न सक्ने जानकारी दिनुभयो । तर यस्ता यात्रुहरु न्यूजील्यान्डमा कोभिड–१९ को हटस्पटका रुपमा परिचित क्षेत्रभन्दा बाहिर करिब दुई साता बसेको हुनुपर्नेछ । 

तर न्यूजील्यान्डले भने अस्ट्रेलियाबाट आउने सबै यात्रुलाई दुई साता होटलको क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएको छ । उक्त नियममा फेरबदल गर्न न्यूजील्यान्डले अस्वीकार गर्दै आएको छ । 

मन्त्री म्याककोर्माकले आफूहरु जतिसक्दो चाँडो विश्वका लागि खुला गर्न प्रयासरत रहेको जानकारी दिँदै न्यूजील्यान्ड पहिलो चरणमा खुला गरिएको बताउनुभयो । 

उहाँले न्यूजील्यान्डबाट कोरोना संक्रमण फैलिने जोखिम निकै कम देखिएको पनि बताउनुभयो । 

मन्त्री म्याककोर्माले दक्षिण अस्ट्रेलियाको राजधानी एडिलेडले न्यूजील्यान्डबाट आउने यात्रुलाई क्वारेन्टिनमा बस्न नपर्ने घोषणा गरेको पनि जानकारी दिनुभयो । तर अस्ट्रेलियाबाट न्यूजील्यान्ड जान चाहने अस्ट्रेलियाली नागरिकका सम्बन्धमा न्यूजील्यान्डका प्रधानमन्त्री जसिन्डा आर्डेनले निर्णय गर्न बाँकी रहेको उहाँले बताउनुभयो । 

अस्ट्रेलियाका विभिन्न राज्यहरुले कोरोनाभाइरसको संक्रमण थप फैलिन सक्ने भन्दै आम मानिसको यात्रामाथि प्रतिबन्धहरु घोषणा गरेका छन् । खासगरी भिक्टोरिया राज्यले कडा नियम अघि सारेको छ जहाँ कोरोनाभाइरसबाट देशभर ८८८ जनाको मृत्यु भएकामा भिक्टोरियामा मात्र ८०२ जनाको ज्यान गएको छ । 




भर्खरै