६ बैशाख २०८२, शनिबार
April 19, 2025 Saturday
Latest
पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको कार्यकाल सकियो, आयोगबाट बिदाइ एमाले हुलबाट निर्देशित हुने पार्टी होइन : अध्यक्ष ओली प्रधानमन्त्रीसँग शिक्षक महासंघका पदाधिकारीको छलफल, के कुरा भयो ? सञ्चारिका समूहको निर्वाचनमा उम्मेदवार बनेका प्रेस चौतारीका चार जना कारबाहीमा आगामी बजेटका लागि उद्योगी–व्यवसायीको २३ बुँदे सुझाव जनताको विश्वास जित्न आवश्यक लगानी र समन्वयलाई निरन्तरता दिइने टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सके सहमति नभए पद्धतिबाट नेतृत्व लिनुपर्छ :विजयकुमार गच्छदार



अ+ अ-

विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले पार्टीको नेतृत्व सके सहमति नभए पद्धति अपनाएर लिनुपर्ने बताउनुभएको छ ।

कांग्रेस मोरङद्वारा आज आयोजित ‘नेपाली कांग्रेस राष्ट्रिय एकता तथा मेल मिलाप दिवस एवं नेपाली कांग्रेस १०० दिने विशेष अभियान’ समापन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाली कांग्रेसलाई बलियो बनाउन कार्यकर्ता गुटउपगुटमा बाँडिन नहुने कुरामा जोड दिनुभयो ।

लोकतन्त्रको सुदृढीकरण तथा संस्थागत विकास गर्न कांग्रेस बलियो हुनुपर्ने धारणा राख्दै उहाँले भन्नुभयो, “नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी(एमाले)बीचको गठबन्धनले निरन्तरता पाउनुपर्छ ।” नेता गच्छदारले मुलुकमा राजनीतिक स्थिरता कायम गरी समृद्धि हासिल गर्न गठबन्धन अपरिहार्य छ भन्दै विपी कोइरालाले अपनाएको राष्ट्रिय एकता र मेल मिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।

युगद्रष्टा विपी कोइरालाले आजभन्दा ४८ वर्षअघि लिनुभएको सो नीतिकै आधारमा कांग्रेस र नेकपा (एमाले)ले मिलेर ठूलठूला आन्दोलनलाई सफल पारेको इतिहास स्मरण गर्दै नेता गच्छदारले भन्नुभयो, “विगतमा कांग्रेसको नेतृत्वको सरकारले विकास र समृद्धिको आधार खडा गरेको स्मरण गराउनुभयो ।”रासस