३० भाद्र २०८३, मंगलवार
,
Latest
कृष्णभीरमा १० दिनमै नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन हुने कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न आयल निगमको डिजेल चोरी गरेको आरोपमा तीन ट्याङ्करसहित एक जना पक्राउ चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव रसुवा जोड्न नुवाकोटको फलाँखुमा ७५ मिटर लामो बेलीब्रिज बनाइने आइतबारको बिदा हटाएर शनिबार मात्रै बिदा दिन राप्रपा सांसद भाटको माग क्यासिनो व्यवसायीको सुझाव–‘एउटै होटलमा एकभन्दा बढी क्यासिनो खोल्न हुन्न, नविकरण अवधि पाँच वर्ष बनाउनु पर्छ’ भोटेकोशी बाढीमा बेपत्ता शिक्षकको रिक्त पदमा श्रीमतीलाई नियुक्त गर्न माग पेस्तोल देखाएर रेडकर्नर नोटिस जारी गर्न लगाएको आरोपबारे कांग्रेसले माग्यो सरकारसँग जवाफ पहिचान भइसकेका शव तत्काल परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सके सहमति नभए पद्धतिबाट नेतृत्व लिनुपर्छ :विजयकुमार गच्छदार



अ+ अ-

विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले पार्टीको नेतृत्व सके सहमति नभए पद्धति अपनाएर लिनुपर्ने बताउनुभएको छ ।

कांग्रेस मोरङद्वारा आज आयोजित ‘नेपाली कांग्रेस राष्ट्रिय एकता तथा मेल मिलाप दिवस एवं नेपाली कांग्रेस १०० दिने विशेष अभियान’ समापन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाली कांग्रेसलाई बलियो बनाउन कार्यकर्ता गुटउपगुटमा बाँडिन नहुने कुरामा जोड दिनुभयो ।

लोकतन्त्रको सुदृढीकरण तथा संस्थागत विकास गर्न कांग्रेस बलियो हुनुपर्ने धारणा राख्दै उहाँले भन्नुभयो, “नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी(एमाले)बीचको गठबन्धनले निरन्तरता पाउनुपर्छ ।” नेता गच्छदारले मुलुकमा राजनीतिक स्थिरता कायम गरी समृद्धि हासिल गर्न गठबन्धन अपरिहार्य छ भन्दै विपी कोइरालाले अपनाएको राष्ट्रिय एकता र मेल मिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।

युगद्रष्टा विपी कोइरालाले आजभन्दा ४८ वर्षअघि लिनुभएको सो नीतिकै आधारमा कांग्रेस र नेकपा (एमाले)ले मिलेर ठूलठूला आन्दोलनलाई सफल पारेको इतिहास स्मरण गर्दै नेता गच्छदारले भन्नुभयो, “विगतमा कांग्रेसको नेतृत्वको सरकारले विकास र समृद्धिको आधार खडा गरेको स्मरण गराउनुभयो ।”रासस