१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

कांग्रेसको किचलोः अब न फुट्ने न जुट्ने अवस्थामा

कांग्रेसको किचलोः अब न फुट्ने न जुट्ने अवस्थामा
अ अ+ अ-

देशको जेठो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस अहिले एउटा असहज राजनीतिक मोडमा उभिएको छ । सुरुमा विशेष महाधिवेशन आह्वान गर्नुपर्ने एक सामान्य मागबाट सुरु भएको विवाद अहिले आएर पार्टी फुटसम्म पुगेको छ ।

विवाद सामान्य मतभेदमा सीमित छैन अहिले त नेतृत्व, महाधिवेशनको मिति र आगामी राजनीतिक दिशालाई लिएर संस्थापन पक्ष र गगन थापा पक्षबीचको दूरी झन् फराकिलो बन्दै गएको देखिन्छ । अवस्था यतिसम्म पुगेको छ कि दुवै पक्ष आ–आफ्नै मितिमा महाधिवेशन बोलाएर अघि बढिरहेका छन् ।

एउटै पार्टीभित्र दुईथरी महाधिवेशनको अभ्यास आफैंमा कांग्रेसको आन्तरिक संकटको गम्भीर संकेत हो । जसका कारण माथिका नेतादेखि तलका कार्यकर्तासम्ममा ठूलो अन्योल सिर्जना भएको छ ।

तर कांग्रेसको विडम्बना के छ भने यो विवाद तत्काल पार्टी फुट्ने तहमा पनि पुगेको छैन र मिलेर अघि बढ्ने अवस्थाको वातावरण पनि कतै देखिँदैन । किनभने हिजो यो वातावरण निर्माण गर्लान् भनेर लागेका पूर्व उपसभापति पूर्णबहादुर खड्का पनि अहिले अब संस्थापन पक्षतिर लहसिएका छन् ।

यसरी कांग्रेस अहिले ‘न फुट्ने, न जुट्ने’ अवस्थाको बन्दी बनेको छ । हुनत कांग्रेसको इतिहास हेर्दा यसप्रकारको आन्तरिक संघर्ष नयाँ र पहिलो पटक पनि होइन । विचार, नेतृत्व र पुस्तान्तरणका प्रश्नमा पार्टीभित्र पटक–पटक तीव्र विवाद भएका छन् ।

तर हरेक संकटपछि कांग्रेसले कुनै न कुनै समझदारी खोज्दै आफूलाई पुनः संगठित गर्दै आएको पनि छ । तर पनि यसो भनिरहँदा अहिलेको चुनौती भने अलि फरक छ । किनभने गगन पक्ष विशेष महाधिवेशन गरेर अघि बढिसकेको छ भने देउवा पक्ष त्यसलाई महाधिवेशन मान्ने पक्षमा छैन ।

नेतृत्वको प्रश्नसँगै पुस्तान्तरण, संगठनको पुनर्संरचना र आगामी निर्वाचनमा पार्टीको भविष्य जोडिएको त छ, तर यसको हेक्का राख्ने पक्षमा दुई समूह छैनन् । मात्र को वैधानिक र को अवैध भन्नेमै विवाद केन्द्रित छ ।

शेरबहादुर देउवा पक्ष आफ्नो राजनीतिक अनुभव, संगठनात्मक पकड र संस्थागत निरन्तरताको पक्षमा देखिन्छ भने गगन थापा पक्ष परिवर्तन, पुस्तान्तरण र नयाँ राजनीतिक ऊर्जाको प्रतिनिधित्व गर्ने दाबी गरिरहेको छ । यी दुई धारबीचको संघर्ष केवल व्यक्तिको प्रतिस्पर्धा होइन कि कांग्रेस कस्तो पार्टी बन्ने भन्ने प्रश्नसँग पनि जोडिएको छ ।

आजका दिनमा हेर्दा एउटै झण्डा छ एउटै नाम । यसरी नै दुवै पक्षले आफ्ना कार्यक्रमहरु अघि बढाइरहेका छन् । त्यसैले कांग्रेस फुटेको छैन, तर जुटेको पनि छैन भन्ने अवस्था विद्यमान छ ।

पछिल्ला दिनहरुमा गगन पक्ष केही लचिलो भएजस्तो देखिन्छ । जस्तो कि पार्टीको १४ औँ महाधिवेशनका केन्द्रीय सदस्यहरुलाई आगामी महाधिवेशनमा समेट्ने संस्थापनले बताएको छ । यसले पहिलेको अडानबाट केही पछि हटेजस्तो गगन देखिए पनि यसले पनि पूर्ण निकास दिएको अवस्था भने छैन ।

उता देउवा पक्ष भने मानौँ कि गत पुसमा सम्पन्न भएको महाधिवेशन भन्दा अघिको अवस्थामा पुग्नुपर्ने अडानमा छन् । यस्तो मान्ने पक्षमा गगन पक्ष छैन । अब गगन पक्षको आगामी महाधिवेशनका लागि वडा अधिवेशन सुरु हुन केही दिनमात्र बाँकी छ । तर यता निकास ननिस्किएपछि सबै कांग्रेस त्यसमा सहभागी हुन्छन् भन्ने देखिँदैन ।

यता हिजोमात्र इतर पक्षका संयोजक भनिएका डा शशांक कोइरालाले आगामी मङ्सिर २१ देखि २३ गतेसम्म पार्टीको छुट्टै १५औँ महाधिवेशन गर्ने भएको जानकारी हिजो पत्रकार सम्मेलन गरेरै जनाएका छन् ।

सो पक्षले संस्थापन पक्षले पार्टीलाई एकताबद्ध बनाउने सम्बन्धमा खासै चासो नदिएको र संवादलाई बेवास्ता गरेको भन्दै आगामी मङ्सिरमा १५औँ महाधिवेशन थाल्ने जनाएको हो ।

उक्त महाधिवेशन तयारी समितिका संयोजक डा कोइरालाले १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आगामी असोज १५ गतेदेखि वडा तहको अधिवेशन सुरु गर्ने जानकारी दिए । यता गगन पक्षको वडा तहको अधिवेशनको सुरुआत पनि यसै हप्ता हुने भएकाले अबका दिनमा कसरी अघि बढ्छ भनेर हेर्न मात्र बाँकी रहेको तर अनुमान गर्न नसकिने अवस्था देखिएको छ ।