३० भाद्र २०८३, मंगलवार
,
Latest
गण्डकीलाई पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाउन संघ सरकारको सहयोग रहने कृष्णभीरमा १० दिनमै नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन हुने कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न आयल निगमको डिजेल चोरी गरेको आरोपमा तीन ट्याङ्करसहित एक जना पक्राउ चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव रसुवा जोड्न नुवाकोटको फलाँखुमा ७५ मिटर लामो बेलीब्रिज बनाइने आइतबारको बिदा हटाएर शनिबार मात्रै बिदा दिन राप्रपा सांसद भाटको माग क्यासिनो व्यवसायीको सुझाव–‘एउटै होटलमा एकभन्दा बढी क्यासिनो खोल्न हुन्न, नविकरण अवधि पाँच वर्ष बनाउनु पर्छ’ भोटेकोशी बाढीमा बेपत्ता शिक्षकको रिक्त पदमा श्रीमतीलाई नियुक्त गर्न माग पेस्तोल देखाएर रेडकर्नर नोटिस जारी गर्न लगाएको आरोपबारे कांग्रेसले माग्यो सरकारसँग जवाफ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा जोड्न नुवाकोटको फलाँखुमा ७५ मिटर लामो बेलीब्रिज बनाइने



अ+ अ-

काठमाडौँ । भोटेकोशी बाढीका कारण सडक सञ्जालबाट विच्छेद भएको रसुवालाई नुवाकोट हुँदै जोड्न वैकल्पिक मार्ग निर्माणको प्रक्रिया अघि बढाइएको छ ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार नुवाकोटको सूर्यगढी गाउँपालिका–२ तल्लो कुवापानीस्थित बिमिरेखोलादेखि रसुवाको नौकुण्ड गाउँपालिका–५ वहाखोलासम्म जोड्ने गरी फलाँखु खोलामा ७५ मिटर लामो बेलीब्रिज निर्माण गर्न लागिएको हो ।

रसुवा सडक सञ्जालबाट विच्छेद हुँदा आवतजावत तथा अत्यावश्यक सामग्रीको ढुवानीमा समस्या भएपछि सम्बन्धित पालिका अध्यक्षबाट आएको अनुरोधअनुसार मन्त्रालयले बेलीब्रिज निर्माणका लागि आवश्यक निर्देशन तथा सहजीकरण गरिरहेको जनाएको छ ।

बेलीब्रिज निर्माण सम्पन्न भएपछि नुवाकोट र रसुवा जोड्ने सबैभन्दा छोटो वैकल्पिक सडक मार्ग तयार हुने मन्त्रालयको भनाइ छ । उक्त मार्गबाट फलाँखु खोलाबाट विदुर करिब २३ किलोमिटर र रसुवाको सदरमुकाम धुन्चे करिब ३५ किलोमिटरको दूरीमा पुग्न सकिनेछ ।

बाढीका कारण रसुवाको सडक सम्पर्क प्रभावित भइरहेका बेला प्रस्तावित बेलीब्रिजले आवतजावत र सामान ढुवानी सहज बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।