८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

कोरम नपुगेर बैठक नै स्थगित हुने स्थिति भएपछि क्यालेण्डर बनाउन सांसदहरुको माग

कोरम नपुगेर बैठक नै स्थगित हुने स्थिति भएपछि क्यालेण्डर बनाउन सांसदहरुको माग
अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिमा कोरम नपुगेर बैठक नै स्थगित हुने स्थिति सिर्जना हुन थालेपछि सांसदहरुले क्यालेण्डर बनाउनुपर्ने माग गरेका छन् ।

मंगलवार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले यस्तो माग गरेका हु्न् । समिति सचिवालयले समयमै जानकारी नदिने र क्यालेण्डर नबनाइएकै कारण समिति बैठकमा कोरम नपुग्ने समस्या रहेको उहाँहरुको भनाइ छ । बैठकमा बोल्दै नेकपा९माओवादी केन्द्र०का सांसद शक्तिबहादुर बस्नेतले समिति बैठकमा निर्णय गर्नको लागि आवश्यक सांसदको उपस्थिति नहुँदा सांसदहरु गैरजिम्मेवार जस्तो देखिएको बताउनु भयो । उहाँले संसद चलेपछि त्यहीअनुसारको क्यालेण्डर बनाएपनि त्यसअघिको लागि समितिको छुट्टै क्यालेण्डर बनाउनुपर्ने बताउनु भयो । समितिको काम अनुगमन गर्ने र उजुरीहरु हेर्ने मात्र भएको समेत असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले अनुगमनलाई बढी प्राथमिकता दिँदा समितिले गर्नुपर्ने मुख्य कामहरु गर्न नसकिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समिति मिटिङको कोरम पु¥याउनलाई पनि अपm्ठ्यारोजस्तो भयो । यस्तै हुने हो भने जिम्मेवार नभए जस्तो देखिने भयो हामी सबै पनि । यसका लागि अनिवार्य रुपमा हाम्रो क्यालेण्डर चाहिने भयो । हाउस खुला भयो भने त्यहाँको कार्यक्रमहरुलाई ध्यान दिएर त्यहीअनुसारले तयार होला । नभए हामीले १५ दिनको हुन्छ कि २० दिनको हुन्छ संसद खुल्नु भन्दा पहिलेको भएपनि एउटा क्यालेण्डर बनाउँ । क्यालेण्डर बनेको अवस्थामा अरु कामहरु गर्न पनि पाइयो । यो त निकै अपm्ठ्यारो भयो । अर्को, अनुगमनहरु हाम्रो प्राथमिकता जस्तो देखिन थाल्यो के । कोर कामहरुमा हाम्रो ध्यान जान सकिरहेको छैन । हाम्रो धेरै समय अनुगमन र उजुरीहरुमा बित्ने गरिरहेको छ । यसले हामी कतै समितिको मुख्य कामबाट अलग त भइरहेका छैनौं ।’

बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले समितिले गर्ने निर्णय र निर्देशनहरुको सुनिश्चतता गर्नुपर्ने बताउनु भयो । उहाँले समितिले गरेका निर्णय र निर्देशनहरु सान्दर्भिक नभए किन निर्णय र निर्देशनहरु दिने ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले बैठकको कार्यतालिकाबारे जानकारी दिने सवालमा लापरबाही नगर्न समिति सचिवको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘समितिलाई हामी मिनि पार्लियामेन्ट कमिटि पनि भन्ने गर्छौं । हामीले गरेका निर्णय र निर्देशनहरु सान्दर्भिक हुन्नन् भने किन निर्णय र निर्देशनहरु दिने? यो कुराको सुनिश्चितता हुनुप¥यो । अनि बैठकको बारेमा जानकनरी दिने कुरामा पनि त्यस्तै लापरबाहीहरु भइरहेका छन् । यसमा समितिज्यूले पनि ध्यान दिनुप¥यो है । ’

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद निशा डागीले समितिले आफ्नै क्यालेण्डर बनाएर काम कारबाही गर्नुपर्ने बताउनु भयो । मन्त्रीको समयबारे समितिलाई थाहा नहुने तर मन्त्रीको उपस्थिति बिना समिति बैठक अगाडि बढ्न नसक्ने भएका कारण क्यालेण्डर आवश्यक रहेको उहाँको भनाइ छ ।

बैठकमा अधिकांश सांसदहरुले समितिका काम कारबाहीहरु प्रभावकारी बनाउन छुट्टै क्यालेण्डर बनाउन आवश्यक रहेको बताउनु भयो ।