२१ कार्तिक २०८२, शुक्रबार
,
Latest
अध्यक्ष यादवद्वारा जसपा नेपाल छोडेका नेतालाई फर्किन आह्वान कोरलानाकामा अध्यागमन कार्यालयको सेवा सुरु आगजनी तथा तोडफोडमा संलग्न चार तथा पाँच फरार कैदी पक्राउ रास्वपाको विस्तारित बैठकमा कावा सभापति र महामन्त्रीको प्रतिवेदन प्रस्तुत निगमको छवि उच्च बनाउने गरी काम गर्न निमित्त महाप्रबन्धक कालाखेतीको आग्रह नागरिकको सेवा र सुरक्षामा समर्पित रहन महानिरीक्षक अर्यालको निर्देशन शाक्यको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार सुदूरपश्चिम प्रदेशस्तरीय विज्ञान प्रदर्शनी प्रतियोगिता : डडेल्धुराको महेन्द्र मावि प्रथम सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसप्रित बुमराहले टेस्टमा २०० विकेट पुरा गरे



अ+ अ-

एजेन्सी । जसप्रित बुमराहले आइतबार मेलबर्नमा भएको बक्सिङ डे टेस्टको चौथो दिन अस्ट्रेलियाविरुद्ध आफ्नो २०० औँ टेस्ट विकेट लिएका छन् । सन् २०१८ मा टेस्ट डेब्यू गरेका बुमराहले ६ वर्षपछि २०० विकेट पुराएका हुन् ।

पहिलो इनिङ्समा चार विकेट लिएपछि बुमराहले अस्ट्रेलियाको दोस्रो इनिङ्समा दोस्रो विकेट लिएर यो उपलब्धि हासिल गरेका हुन् । बुमराहले बर्थडे केटा ट्राभिस हेडलाई १ रनमा आउट गरेर आफ्नो २०० औं विकेट मनाए।उनले आफ्नो ४४ औं टेस्ट खेलमा यो उपलब्धि हासिल गरेका हुन् । यससँगै बुमराह प्याट कमिन्स र कागिसो रबाडाको विशेष क्लबमा प्रवेश गरेका छन् ।

यस्तै, जसप्रित बुमराहले आफ्नो २०० औं टेस्ट विकेट कुल ८४८४ बलमा लिएका छन् । यससँगै उनी सबैभन्दा छिटो २०० टेस्ट विकेट लिने भारतीय बलर बनेका छन् । उनले ९८९६ बल बलिङ गर्ने मोहम्मद शामीलाई पछि पार्दै टेस्टमा आफ्नो २०० औं विकेट लिए ।समग्रमा, बुमराह सबैभन्दा छिटो २०० विकेट पूरा गर्ने चौथो बलर बने र उनीभन्दा अगाडि वकार युनिस, डेल स्टेन र कागिसो रबाडा छन्।

सबैभन्दा कम बलमा २०० टेस्ट विकेटहरू:
वकार युनिस – ७७२५
डेल स्टेन – ७८४८
कागिसो रबाडा – ८१५४
जसप्रित बुमराह – ८४८४
माल्कम मार्शल –९२३४