२३ भाद्र २०८३, मंगलवार
,
Latest
जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो?
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसप्रित बुमराहले टेस्टमा २०० विकेट पुरा गरे



अ+ अ-

एजेन्सी । जसप्रित बुमराहले आइतबार मेलबर्नमा भएको बक्सिङ डे टेस्टको चौथो दिन अस्ट्रेलियाविरुद्ध आफ्नो २०० औँ टेस्ट विकेट लिएका छन् । सन् २०१८ मा टेस्ट डेब्यू गरेका बुमराहले ६ वर्षपछि २०० विकेट पुराएका हुन् ।

पहिलो इनिङ्समा चार विकेट लिएपछि बुमराहले अस्ट्रेलियाको दोस्रो इनिङ्समा दोस्रो विकेट लिएर यो उपलब्धि हासिल गरेका हुन् । बुमराहले बर्थडे केटा ट्राभिस हेडलाई १ रनमा आउट गरेर आफ्नो २०० औं विकेट मनाए।उनले आफ्नो ४४ औं टेस्ट खेलमा यो उपलब्धि हासिल गरेका हुन् । यससँगै बुमराह प्याट कमिन्स र कागिसो रबाडाको विशेष क्लबमा प्रवेश गरेका छन् ।

यस्तै, जसप्रित बुमराहले आफ्नो २०० औं टेस्ट विकेट कुल ८४८४ बलमा लिएका छन् । यससँगै उनी सबैभन्दा छिटो २०० टेस्ट विकेट लिने भारतीय बलर बनेका छन् । उनले ९८९६ बल बलिङ गर्ने मोहम्मद शामीलाई पछि पार्दै टेस्टमा आफ्नो २०० औं विकेट लिए ।समग्रमा, बुमराह सबैभन्दा छिटो २०० विकेट पूरा गर्ने चौथो बलर बने र उनीभन्दा अगाडि वकार युनिस, डेल स्टेन र कागिसो रबाडा छन्।

सबैभन्दा कम बलमा २०० टेस्ट विकेटहरू:
वकार युनिस – ७७२५
डेल स्टेन – ७८४८
कागिसो रबाडा – ८१५४
जसप्रित बुमराह – ८४८४
माल्कम मार्शल –९२३४