३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेह्र सय फरार प्रतिवादी पक्राउ



अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा फैसला कार्यान्वयनअन्तर्गत एक हजार दुई सय ९८ फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत साउनमा एक सय २९, भदौमा तीन सय ९९, असोजमा एक सय ८४, कात्तिकमा एक सय तीन, मङ्सिरमा दुई सय आठ र यही पुसको ११ गतेसम्म दुई सय ७५ फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी पसिरर काठमाडौँले बिहीबार मात्रै ७१ फरार प्रतिवादी पक्राउ गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेकालालाई अदालतसमक्ष पेस गरिएको उहाँको भनाइ छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले फैसला कार्यान्वयनअन्तर्गत फरार प्रतिवादी पक्राउका लागि विशेष अभियान नै सञ्चालन गरेको थियो । चालु आवको हालसम्म पक्राउ परेका प्रतिवादीविरुद्ध रु चार करोड ४९ लाख ५३ हजार आठ सय ५९ जरिवाना र एक सय २० वर्ष १० दिन कैद फैसला भएको छ । प्रहरीले विभिन्न कसुरमा जरिवाना तथा कैद सजाय भई फरार रहेका प्रतिवादी लुकीछिपी बसिरहेको जानकारी भए सूचना दिन सर्वसाधारणमा आग्रह गरेको छ ।

यसैबीच, जिल्ला प्रहरी परिसर काठमाडौँले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी वृत्त बौद्ध, प्रहरी प्रभाग साँखु र बूढानीलकण्ठलाई पुरस्कृत गरेको छ ।