१३ पुष २०८१, शनिबार
,
Latest
कस्ता मूर्तिलाई मन्दिरभित्र राखिँदैन ? आर्सनल प्रीमियर लिगको दोस्रो स्थानमा उक्लियो ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै तेह्र दिनमा पश्चिम नेपालमा सात वटा भूकम्पको पराकम्प सुदूरपश्चिमको प्रसिद्ध राजकाँडा जालपादेवी, तीर्थसँगै प्राकृतिक सुन्दरतासँग मिलन (फोटो फिचर) बराहक्षेत्र मन्दिर परिसर बाढीको जोखिममा चिनियाँ टोलीसँग द्विपक्षीय सहकार्यबारे छलफल पशुपतिको सुनको जलहरीमा भ्रष्टाचार पुष्टि भएन बिजुलीकलीलाई हात्ती सुन्दरी प्रतियोगिताको उपाधि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न सरकारले दिँदैनः पर्यटनमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तरी मेक्सिकोमा गोप्य चिहानमा १२ शव फेला



अ+ अ-

एजेन्सी । मेक्सिकोका अधिकारीहरूले मेक्सिकोको उत्तरी चिहुआहुआ राज्यमा गोप्य चिहानमा गाडिएका १२ शव फेला पारेको जानकारी दिएका छन् ।

अधिकारीहरूले अमेरिकी सीमा नजिकैको एसेन्सन नगरपालिकामा १२ वटा कङ्काल भएका ११ वटा चिहान फेला पारेको राज्य अभियोजकको कार्यालयले विज्ञप्तिमा बतायो ।

“यो खोज डिसेम्बर १८, १९ र २० मा भएका खोजी कार्यहरूका क्रममा गरिएको थियो”, विज्ञप्तिमा भनिएको छ, “पहिचान नखुलेका कङ्कालहरू र प्रमाणहरू सियुडाड जुआरेज सहरको फरेन्सिक मेडिकल सर्भिसको प्रयोगशालामा स्थानान्तरण गरिएको छ ।”

चिहुआहुआ वर्षौँदेखि लागुऔषध तस्करी र संयुक्त राज्य अमेरिकामा आप्रवासीहरूको तस्करीको मार्गका रूपमा सङ्गठित अपराधसँग जोडिएको हिंसाबाट प्रभावित छ ।

आधिकारिक तथ्याङ्कअनुसार सन् १९५२ देखि अहिलेसम्म तीन हजार ९२७ व्यक्ति बेपत्ता भएका छन् । हिंसाबाट सबैभन्दा बढी प्रभावित राज्यहरू जालिस्को र तामाउलिपासमा सोही अवधिमा प्रत्येकमा १३ हजारभन्दा बढी व्यक्ति बेपत्ता भएका छन् ।

आधिकारिक तथ्याङ्कअनुसार सन् २००६ मा सरकारले मानव बेचबिखनसँग लड्न सेना परिचालन गरेदेखि मेक्सिकोले लागुऔषधसँग सम्बन्धित हिंसामा चार लाख ५० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।