५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलबर्न टेस्टः भारत फलोअनको खतरामा



अ+ अ-

काठमाडौँ । भारतविरुद्ध जारी बोर्डर–गावस्कर ट्रफीको चौथो टेस्टको पहिलो इनिङ्समा अस्ट्रेलियाली टोली ४७४ रनमा अलआउट भएको छ ।

मेलबर्नमा जारी खेलको शुक्रबार दोस्रो दिन हो । स्टम्पसम्म भारतले पहिलो इनिङ्समा ५ विकेट गुमाएर १६४ रन बनाएको छ । ऋषभ पन्त र रविन्द्र जडेजा अविजित छन् ।

आकाश दीप शून्यमा आउट भए । उनी स्कट बोल्याण्डको बलमा नाथन लियोनको हातबाट क्याच आउट भए । बोल्याण्डले विराट कोहली (३६ रन)लाई पनि आउट गरे । यशस्वी जैसवाल ८२ रन बनाएर रनआउट भए । रोहित शर्मा (३ रन) र केएल राहुल (२४ रन)लाई प्याट कमिन्सले प्याभिलियन पठाए ।

अस्ट्रेलियाले बिहान ३११–६ रन बनाएर सुरु गरेको अन्तिम ४ विकेट गुमाएर १६३ रन बनाएको थियो । स्टिभ स्मिथले १९७ बलमा १४० रनको शतकीय इनिङ खेले ।

युवा ओपनर साम कोन्स्टान्स (६० रन), उस्मान ख्वाजा (५७ रन) र मार्नस लाबुसचेन (७२ रन)ले अर्धशतक बनाए । कप्तान प्याट कमिन्सले ४९ रनको योगदान दिए । भारतका लागि जसप्रित बुमराहले ४ विकेट लिए । रविन्द्र जडेजाले ३ विकेट लिए । आकाश दीपले २ तथा मोहम्मद सिराजले एक विकेट लिए ।