२५ कार्तिक २०८२, मंगलवार
,
Latest
मंसीर २१ गते हुने प्रतिनिधिशभाको निर्वाचनबारे छलफल- लाईभ भरतपुर रंगशालाको छैटौं मूल्याङ्कनमा पनि कुनै अनियमितता फेला परेन विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पारित काँग्रेस केन्द्रिय समितिको बैठक जारी (तस्बिरसहित) मधेशमा मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भन्दै सात दलका सांसदको धर्ना बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार मधेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्धको रिटमा बुधबार पेसी प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै मधेशका मुख्यमन्त्री यादवको स्वीकारोक्तिः ‘शपथ ग्रहणका लागि प्रदेश प्रमुखलाई दबाब दिएको हुँ’ च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाख आम्दानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलबर्न टेस्टः भारत फलोअनको खतरामा



अ+ अ-

काठमाडौँ । भारतविरुद्ध जारी बोर्डर–गावस्कर ट्रफीको चौथो टेस्टको पहिलो इनिङ्समा अस्ट्रेलियाली टोली ४७४ रनमा अलआउट भएको छ ।

मेलबर्नमा जारी खेलको शुक्रबार दोस्रो दिन हो । स्टम्पसम्म भारतले पहिलो इनिङ्समा ५ विकेट गुमाएर १६४ रन बनाएको छ । ऋषभ पन्त र रविन्द्र जडेजा अविजित छन् ।

आकाश दीप शून्यमा आउट भए । उनी स्कट बोल्याण्डको बलमा नाथन लियोनको हातबाट क्याच आउट भए । बोल्याण्डले विराट कोहली (३६ रन)लाई पनि आउट गरे । यशस्वी जैसवाल ८२ रन बनाएर रनआउट भए । रोहित शर्मा (३ रन) र केएल राहुल (२४ रन)लाई प्याट कमिन्सले प्याभिलियन पठाए ।

अस्ट्रेलियाले बिहान ३११–६ रन बनाएर सुरु गरेको अन्तिम ४ विकेट गुमाएर १६३ रन बनाएको थियो । स्टिभ स्मिथले १९७ बलमा १४० रनको शतकीय इनिङ खेले ।

युवा ओपनर साम कोन्स्टान्स (६० रन), उस्मान ख्वाजा (५७ रन) र मार्नस लाबुसचेन (७२ रन)ले अर्धशतक बनाए । कप्तान प्याट कमिन्सले ४९ रनको योगदान दिए । भारतका लागि जसप्रित बुमराहले ४ विकेट लिए । रविन्द्र जडेजाले ३ विकेट लिए । आकाश दीपले २ तथा मोहम्मद सिराजले एक विकेट लिए ।