१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाका लागि प्रश्तावित राजदुत नेपालीको संसदीय सुनुवाई सम्पन्न गर्न प्रश्तावित कार्यतालिका परिमार्जनसहित पारित



अ+ अ-

काठमाडौँ । श्रीलंकाका लागि प्रश्तावित राजदुत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई सम्पन्न गर्न संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रश्तावित कार्यतालिका परिमार्जनसहित पारित भएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले श्रीलंकाका लागि प्रश्तावित राजदुत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई सम्पन्न गर्न संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रश्तावित कार्यतालिका परिमार्जनसहित पारित गरेको हो ।

बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले श्रीलंकाका लागि नेपाली राजदुत पदमा प्रश्तावित व्यक्तिलाई आमन्त्रण गरी छलफल गर्ने लगायतका कार्य गरी सुनुवाई प्रक्रिया सम्पन्न गर्ने विषयक सम्बन्धमा संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रश्तावित कार्यतालिका परिमार्जनसहित पारित गर्न समितिसमक्ष प्रश्ताव राख्नुभएको थियो । प्रश्तावलाई समितिका बहुमत सदस्यले सर्वसम्मतले पारित गरेका हुन् । मंसिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ का नेपालीलाई श्रीलङ्काका लागि नेपालको आवासीय राजदुत पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

उहाँले भन्नुभयो, ‘श्रीलंकाका लागि नेपाली राजदुत पदमा प्रश्तावित व्यक्तिलाई आमन्त्रण गरी छलफल गर्ने लगायतका कार्य गरी सुनुवाई प्रक्रिया सम्पन्न गर्ने विषयक सम्बन्धमा संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रश्तावित कार्यतालिका परिमार्जनसहित पारित गरिदिनुहुन अनुरोध छ ।’

समितिको अर्को बैठक पुस १४ गते १ बजे बस्नेगरी बोलाइएको छ ।