१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस्

अन्तर्राष्ट्रिय सम्मेलनमा जाँदा भाषण सुनेर फर्किने होइन, निर्णय गराएर आउनुस्ः प्रधानमन्त्री ओली

अन्तर्राष्ट्रिय सम्मेलनमा जाँदा भाषण सुनेर फर्किने होइन, निर्णय गराएर आउनुस्ः प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोप–३० जाँदा भाषण सुनेर फर्किने नभइ निर्णय गराएर आउने गरी तयारी थाल्न निर्देशन दिनुभएको छ ।

बिहीवार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन सम्बन्धी सम्मेनहरुलमा जाँदा भाषण सुन्ने नभइ निर्णय गराउनसक्ने गरी जानुपर्ने बताउनुभएको हो ।

उहाँले सम्मेलनका दिइने ३ मिनेटलाई कतिबेला आयो भन्नेकुराको जानकारी बिनै उत्कृष्ट रुपमा आफ्ना धारणा र एजेण्डाहरु प्रश्तुत गर्नुपर्ने बताउनु भयो । योजना उहाँले कोप ३० मा जाँदा नेपालले आफूलाई विशेष तयारीका साथ जानुपर्ने बताउनु भयो । उहाँले नेपालले जलवायु परिवर्तनसम्बन्धी मुद्दामा नेतृत्व लिन सक्नुपर्ने बताउनु भयो । सबै एकजुट भएमात्रै जलवायु परिवर्तनका समस्या न्युनिकरण गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनसम्बन्धी असर न्युनिकरणका लागि ठोस नीति बनाउनुपर्ने बताउनु भयो । कसको जिम्मेवारी के ?कसले के गर्ने ? भनेर सरकारले समिति बनाउने र समितिको सुझावअनुसार जलवायु अनुकुलनका लागि काम गर्ने बताउनु भयो । उहाँले अहिलेदेखि नै कोप ३० को तयारीमा लाग्न निर्देशन दिनुभयो । कोप २० बाट ३० आउँदासम्म नेपालले गरेका कामहरुको प्रतिवेदन बनाउने र आफ्ना एजेण्डाहरु दृढ र स्पष्ट बनाउनुपर्नेमा जोड दिनुभयो । हिमालमा जलवायु परिवर्तनका कारण परेको असरमा नेपालले प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब हामी ठोस नीति बनाऔँ । कसको जिम्मेवारी के रु कसले के गर्छ भनेर त्यो एउटा वन मन्त्रालय र अरुसमेत राखेर, विभिन्न राखेर हामी एउटा यस्तो समिति बनाउँला । जसबाट विज्ञहरु राखेर योङ इनर्जेटिक मान्छेहरु राखेर अर्को साथीले उठाउनुभएको थियो, हामी टेक्नोलोजी र म्यानपावरतिर ध्यान दिइरहेका छैनौँ भने कसरी यसको मिटिगेशन कसरी हुन्छ रु त्यसकारण यसकारण यसलाई सम्बोधन गर्न हामीसँग नलेज, टेक्नोलोजी, टेक्निकल म्यानपावर यि चाहिन्छ । इक्वीपमेण्टहरु पनि चाहिन्छ । यि समेत हामीले अघि बढाउनुपर्छ । तर त्यो भन्दा बढी महत्वपूर्ण कुरा कमन कमिटमेण्ट हो । साझा प्रतिवद्धता सबैभन्दा महत्वपूर्ण कुरा छ । जसमा हामी जानुपर्छ । कोप ३० मा जाँदा हामीले आफूलाई विशेष तयारीका साथ जानुपर्दछ । लेक्चर सुनेर आउने होइन, निर्णय गराएर आउने । हामीले लिड गर्नुपर्छ, यि इस्युहरुमा । तीन मिनेटको समय दिएको छ भने तीन मिनेट कतिबेला आयो भन्नेकुरा तिनीहरुले सम्झन पनि नपाउन् । हाम्रो लजिक त्यसरी जानुपर्छ । कतिबेला तीन मिनेट आयो, थाहा पनि नपाउन् । लजिकले समय बिर्साइदिन्छ । नेपाल देखिने, सुनिने हुनुपर्छ । नेपाल बुझिने हुनुपर्छ । नेपालले प्रश्तावहरुमार्फत लिड गर्नुपर्छ, इन्भायरोमेण्टल क्वेशनमा किनभने यसको मार सबैभन्दा बढी हामीलाई परेको छ । यसको समाधान यहाँबाट खोज्न प्रारम्भ गरिनुपर्दछ । हाम्रा मन्त्रालयहरुले ठोस योजनाहरु बनाउनु पर्दछ । अब अहिलेदेखि थालाँै कोप ३० को तयारी । त्यस भन्दा अगाडि २९ बाट ३० को बीचमा ह्वाट वि डिट इन नेपाल?यो कुरा हामीले रिपोर्ट प्रश्तुत गरौँ । के ग¥यौँ हामीले ? हाम्रा स्पष्ट र दृढ मागहरु प्रश्तुत गरौँ, हामीले लिएका नीतिहरु बताऔँ । दुनियाँलाई काम लाग्छ । हिमाल हामीसँग छन्, समस्याको जरो हामीसँग छ । त्यसकारण समस्या जहाँ छ त्यहाँ कामा गरौँ । माउण्टेनमा फोकस र कन्सन्टेसन हुनुपर्दछ ।’

प्रधानमन्त्री ओलीले सिमित श्रोत र साधनका बाबजुत पनि नेपालले सचेतनामुलक कार्यक्रमहरुमार्फत वातावरण सफा राख्नसक्ने बताउनु भयो । वन जंगलमा डढेलो लाग्न नदिन नागरिकमा सचेतना फैल्याउन आवश्यक रहेको बताउनु भयो ।