२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियन युवा ब्याटरलाई धक्का मारेपछि कोहलीलाई जरिवाना



अ+ अ-

एजेन्सी । भारत र अष्ट्रेलियाबीचको बोर्डर–गावस्कर ट्रफीको चौथो टेस्ट मेलबर्नको एमसीजी (मेलबर्न क्रिकेट ग्राउण्ड)मा जारी छ । अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्न दुवै टोलीका लागि यो खेल निकै महत्वपूर्ण छ । जसको दबाब दुवै टोलीका खेलाडीमा देखिएको थियो ।

ओभर सकिएपछि कोहलीले खेलमा डेब्यु गर्दै आएका अष्ट्रेलियाका ब्याट्सम्यान साम कोन्स्टासलाई काँधमा जानाजान धक्का मारेका थिए । दुवैबीच झगडा पनि भएको थियो । यसपछि आईसीसी म्याच रेफ्रीले कोहलीलाई म्याच फीमा २० प्रतिशत जरिवाना लगाएका छन् । योसँगै उनलाई एक डिमेरिट पोइन्ट पनि दिइएको छ ।

खेलको १० औं ओभर सकिएपछि विराट कोहली आफ्नो फिल्डिङ पोजिसनमा गइरहेका थिए । यस क्रममा उनले ब्याट्सम्यान कोन्टासलाई काँधले धकेले । १९ वर्षीय कन्स्टासलाई यो कुरा मन परेन र उनले कोहलीलाई केही भने । अम्पायरले हस्तक्षेप गरेर मामिला शान्त गर्नुपरेको थियो ।

विराट कोहलीले आईसीसी नियमको अनुच्छेद २.१ उल्लङ्घन गरेका छन् ।  क्रिकेटमा कुनै पनि किसिमको अनुपयुक्त ‘शारीरिक टकराव’ प्रतिबन्धित छ। खेलाडीले जानाजानी वा लापरवाहीका कारण कुनै खेलाडी वा अम्पायरसँग ठोक्किएमा त्यसलाई आचारसंहिता उल्लङ्घन मानिनेछ ।

यसपछि बुमराह खेलको ११ औं ओभर बलिङ गर्न आएका थिए । बुमराहको ओभरमा कन्स्टासले २ चौका र १ छक्का प्रहार गरे । यो ओभरमा १८ रन बन्यो ।

केही पूर्वक्रिकेटरले कोहलीको यो व्यवहारको आलोचना गरेका छन्। अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङले विराट कोहलीको गल्तीमा कुनै शंका नभएको बताएका छन्। भारतीय क्रिकेट टोलीका पूर्व प्रशिक्षक रवि शास्त्रीले विराट कोहलीको यस्तो व्यवहारलाई अनावश्यक भनेका छन्।

आफ्नो डेब्यू टेस्टमै कन्स्टासले मात्र ५२ बलमा अर्धशतक पूरा गरेका थिए। उनी खेलको २० औं ओभरमा ६० रन बनाएर आउट भएका थिए। रविन्द्र जडेजाले उनको विकेट लिए। कन्स्टासले ६५ बलमा ६० रनको बनाउदा ६ चौका र २ छक्का प्रहार गरेका थिए।