२९ भाद्र २०८३, सोमबार
,
Latest
जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

विन्दाको व्यङ्ग्य: पार्टी काममै थियौ, नेताले ६ महिना छुट्टी दिए !



अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट ६ महिना निलम्बनमा पर्नुभएकी नेतृ डा विन्दा पाण्डेले नेताले ६ महिना छुट्टी दिएको व्यङ्ग्यात्मक टिप्पणी गर्नुभएको छ ।

पार्टीको निर्णय सार्वजनिक भएलगत्तै सामाजिक संञ्जाल मार्फत उहाँले यस्तो प्रतिक्रिया जनाउनु भएको हो ।

पार्टी कार्यालय च्यासलमा बुधबार बसेको एमाले सचिवालय बैठकले उहाँलाई पार्टी कार्यालय निर्माणका सन्दर्भमा दिएको अभिव्यक्तिका र त्यस पछि पार्टीले सोधेका स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै पार्टीको निर्देशनमा चल्न निर्देशित गर्दै ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको थियो ।

पाण्डेले लेख्नु भएको छ-

हामि त पार्टी काममै थियौ, नेताले ६ महिना छुट्टी दिएको खवर सुनियो। यो अवधिलाई रचनात्मक र सिर्जनात्मक रुपमा प्रयोग गर्नु पर्नेछ । यहाँहरुको सुझाव पाउ ल !