११ पुष २०८१, बिहीबार
,
Latest
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन काँग्रेस–एमाले सहमत जलवायु सम्मेलनका लागि कम्तिमा तीन वर्ष एउटै कर्मचारी राख्ने व्यवस्था गर्न माग जापान एयरलाइन्समा साइबर आक्रमण राष्ट्रिय एकताका लागि समावेशी शासन प्रणाली आवश्यक: सञ्चारमन्त्री गुरुङ अन्तर्राष्ट्रिय सम्मेलनमा जाँदा भाषण सुनेर फर्किने होइन, निर्णय गराएर आउनुस्ः प्रधानमन्त्री ओली मान्छे खुवाएर बाघ पाल्न सक्दैनौँः प्रधानमन्त्री ओली सुनामीका कारण मृत्यु भएकाहरूको सम्झनामा २० वर्षपछि आँसु र प्रार्थना भैँसीपालनमा रमाउँदै घोरासैनी भोजपुरमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन जनालाई काठमाडौँ पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विन्दाको व्यङ्ग्य: पार्टी काममै थियौ, नेताले ६ महिना छुट्टी दिए !



अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट ६ महिना निलम्बनमा पर्नुभएकी नेतृ डा विन्दा पाण्डेले नेताले ६ महिना छुट्टी दिएको व्यङ्ग्यात्मक टिप्पणी गर्नुभएको छ ।

पार्टीको निर्णय सार्वजनिक भएलगत्तै सामाजिक संञ्जाल मार्फत उहाँले यस्तो प्रतिक्रिया जनाउनु भएको हो ।

पार्टी कार्यालय च्यासलमा बुधबार बसेको एमाले सचिवालय बैठकले उहाँलाई पार्टी कार्यालय निर्माणका सन्दर्भमा दिएको अभिव्यक्तिका र त्यस पछि पार्टीले सोधेका स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै पार्टीको निर्देशनमा चल्न निर्देशित गर्दै ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको थियो ।

पाण्डेले लेख्नु भएको छ-

हामि त पार्टी काममै थियौ, नेताले ६ महिना छुट्टी दिएको खवर सुनियो। यो अवधिलाई रचनात्मक र सिर्जनात्मक रुपमा प्रयोग गर्नु पर्नेछ । यहाँहरुको सुझाव पाउ ल !