११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेद्वारा तीन विभाग गठन



अ+ अ-

काठमाडौं, माघ ३ । नेकपा एमालेले तीन विभाग गठन गरेको छ । 

केन्द्रीय कमिटीको म्याण्डेटअनुसार एमाले केन्द्रीय कार्यालयले हाललाई तीनओटा विभाग गठन गरेको हो ।

एमालेले सोमबार आर्थिक तथा कोष व्यवस्थापन विभाग, संगठन विभाग र स्थानीय तह विभाग गठन गरेको हो । 

आर्थिक तथा कोष व्यवस्थापन विभागको प्रमुखमा उपमहासचिव बिष्णु रिमाल रहनुभएको छ भने सदस्यहरुमा बिनाकुमारी श्रेष्ठ र डा. भीष्म अधिकारी हुनुहुन्छ ।

यस्तै, संगठन विभाग प्रमुखमा खगराज अधिकारी रहनुभएको छ भने सदस्यहरुमा भानुभक्त ढकाल, यमलाल कँडेल, काँशीनाथ अधिकारी, देवराज घिमिरे, कर्ण थापा, ज्वालाकुमारी साह, जगत बिश्वकर्मा र लिला गिरी सदस्य रहनुभएको छ । 

यसैगरी स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहाल, उपप्रमुखमा प्रभा बराल तथा सदस्यहरुमा अशोक ब्याञ्जु, होमनारायण श्रेष्ठ, नवराज गेलाल र हर्कराज राई रहनुभएको छ ।