४ भाद्र २०८३, बिहीबार
,
Latest
मानवअधिकार कार्ययोजना कार्यान्वयनमा सक्रिय हुन सुदूरपश्चिमका स्थानीय तहलाई आयोगको आग्रह विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ विश्वविद्यालयमा लेखा उत्तरदायी अधिकृत नतोकिँदा समस्या भयोः महालेखा परीक्षक राया काठमाडौंमा ३२.५८ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ राज्यको खर्च र वैदेशिक सहायता पारदर्शी बनाउन सांसद पुनको जोड एनजीओलाई दोष दिनुभन्दा सरकारले बाल संरक्षणको जिम्मेवारी लिनुपर्छ : सांसद रानामगर वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवद्र्धनमा प्रयोग भयोः सांसद ओली खगेन्द्र सुनारको आरोप– विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक र जैविक मल प्रवर्द्धन गर्ने सरकारको नीति राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु, बागमती प्रदेश सरकार निर्माणबारे समीक्षा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भूभागमा हिउँ



अ+ अ-

एजेन्सी । मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भूभाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले सोमबार जनाएको छ ।

“मङ्गोलियाको कम्तिमा ६४ प्रतिशत क्षेत्र अब हिउँले ढाकेको छ,” मौसम एजेन्सीले जनाएको छ । सोमबार बिहानसम्म देशका २१ मध्ये पाँच प्रदेशमा हिमपात जारी रहेको छ ।

मङ्गोलिया जाडोको लागि प्रसिद्ध छ । गत हिउँदमा देशमा पाँच दशक यताकै सबैभन्दा ठूलो हिमपात भएको थियो, जसका कारण ठूलो बाढी आएको र लाखौं पशुधनको क्षति भएको थियो ।

यस हिउँदमा, एसियाली देशका अधिकांश भागहरूमा दीर्घकालीन औसतभन्दा चिसो तापक्रम बढ्ने मौसमविद्ले जनाएका छन् ।