• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ? ★   कसैको घरमा पाहुना बन्न जाँदै हुनुहुन्छ भने यी कुराहरुको विशेष ध्यान दिनुस् ★   शेखर कोईरालालक्षित काँग्रेस सांसद लिम्बूको टिप्पणी: नयाँ सरकार निर्माणमा धोकाधडी नहोस् ★   विश्व निकेतन स्कूलको झ्यालबाट छोएको बागमतीको ‘बाढी पो बाढी त’…. ★   प्रधानमन्त्री अल्पमतमा छन्, तत्काल राजीनामा दिनुपर्छ: प्रतिनिधि सभाका सांसदहरु ★   तपाईको जीवनमा शुभ समय आउनुअघि घरमा देखिन्छन् यी संकेत ★   कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेपछि सतर्क रहन आग्रह ★   जयपृथ्वी राजमार्ग अवरूद्ध ★   मनोज गजुरेलको घरमा ताला लगाउन दलबलसहित पुगेकी मीना ढकाल पक्राउ

पिएसजीका काभानी म्यानचेस्टर युनाइटेडमा अनुबन्धित



लन्डनः इङलिस प्रिमियर लिगको यस सत्रमा कमजोर शुरुवात गरेको म्यानचेस्टर युनाइटेडले उरुग्वेका स्ट्राइकर एडिन्सन काभानीलाई भित्र्याएको छ । ३३ वर्षीय काभानी फ्रान्सेली लिग लिडर पेरिस सेन्ट जर्मेन फुटबल क्लबबाट युनाइटेडमा स्थानान्तरित भएका हुन् ।

सन् २००७ मा युरोपेली क्लबमा आबद्ध भएका काभानीले युरोपेली क्लबहरुका लागि ३४१ गोल गरिसकेका छन् । काभानीले युनाइटेडको वेबसाइटमा प्रतिक्रिया दिँदै भनेका छन्ः “आफूले विगतमा पनि निकै मेहनत गरेको र युनाइटेडजस्तो प्रतिष्ठित क्लबबाट खेल्न पाउँदा आफूलाई गौरव लागेको छ ।”

पिएसजीमा रहँदा उनको क्लबले छ वटा उपाधि जितेको थियो । उनले क्लबका लागि २०० गोल गरिसकेका छन् । उनले सिरि ए र लिग १ दुबैबाट गोल्डेन बूट प्राप्त गरेका छन् ।
उरुग्वेका लागि उनले ११६ अन्तर्राष्ट्रिय खेल खेल्दै ५० गोल गरेका छन् ।

युनाइटेडले पोर्टोबाट अलेक्स टेलिसलाई पनि एक करोड ३६ लाख पाउन्डमा क्लबमा भित्र्याएको छ ।

म्यानचेस्टर युनाइटेडले आगामी शनिबार न्यूक्यासल युनाइटेड विरुद्ध खेल्दैछ ।

प्रिमियर लिगको बर्तमान अंक तालिकामा युनाइटेडले ३ खेलबाट ३ अंक मात्र जोडी १६ औं स्थानमा रहेको छ ।

गत आइतबारको खेलमा टोटेनह्याम हट्सपरले युनाइटेडलाई ६–१ गोल अन्तरले नराम्रोसँग पराजित गरेको थियो भने सेप्टेम्बर १९ मा क्रिस्टल प्यालेससँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।

यी दुबै खेलमा युनाइटेड पराजित भएपछि क्लबका समर्थकले प्रतिभावान खेलाडी भित्र्याउन दबाब दिइरहेका थिए ।

(एजेन्सी)




भर्खरै