४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

विश्व निकेतन स्कूलको झ्यालबाट छोएको बागमतीको ‘बाढी पो बाढी त’….

विश्व निकेतन स्कूलको झ्यालबाट छोएको बागमतीको ‘बाढी पो बाढी त’….
Date: 1965-1966 Location: Kathmandu, Kathmandu Description: View along Bagmati River in central Kathmandu.
अ+ अ-

काठमाडौं । हाम्रा हजुरबा पुस्ताले ‘मोहोर पाथी घिऊ खाएको’ अर्थात एक मोहोरको एकपाथी घिऊ खाएको भन्दा हामीलाई नै एकादेशको कथाजस्तो लाग्छ । हामी भन्दा मात्र दुई पुस्ता अघिकै कुरा हामीलाई पत्याउन हम्मे हम्मे लाग्छ । ४०—४५ वर्षअघि हामीले देखेका र भोगेका कुरामात्रै अहिले गर्ने हो भने अरुले पत्याउन त परै जावस् हामी आफैंले पनि पत्याउन हम्मे हम्मे पर्ने भईसक्यो ।

कुरा २०३९ सालको वर्षायामको हो । म सरकारी स्कुलमध्येकै अव्वल स्कुल विश्व निकेतन मावि त्रिपुरेश्वरमा कक्षा ७ मा पढ्थें । सोही वर्ष म सो स्कुलमा प्रवेश परीक्षा उतिर्ण भई भर्ना भएको थिएँ । कक्षामा मसंग अनिल अग्रवाल, अर्चना प्याकुरेल, सरोज सुरेका, निश्चल चापागाई, सुनिता श्रेष्ठलगायत ४० जना जति साथी थिए ।

बागमती नदीतिर छिँडीको कोठामा हाम्रो ७ कक्षाको सेक्सन ‘सी’ थियो । ‘ए’ र ‘बि’ भने हाम्रो कक्षाको माथिल्लो तल्लामा थियो । राणाकालीन सत्तल नै हाम्रो स्कुल थियो । फलामे डण्डी राखिएको सानो झ्याल भएको हाम्रो कक्षाको झ्याल मुनि बागमती किनारमा चारपाटे ढुंगा विच्छयाएको झण्डै १० फिट चौडाईको पैदल बाटो थियो । त्यसको छेउमा खोलातर्फ हरेक १०/१० मिटरमा ढुंगैढुंगाले बनाएको गोलो गोलो भकारी थियो । केही पर दुईवटा भकारीको बीचमा नागको टाउको कुदिएको ‘ब्रम्हनाल’ बनाएर बागमतीमा तेर्सो गरि राखिएको थियो ।

अर्थात हाम्रो स्कुलको पछाडि बागमती किनारमा विगतमा मुर्दा पोल्ने गरिने रहेछ । ७ देखि १० कक्षा (२०४०—२०४३ )सम्म पढ्दा त्यहाँँ मुर्दा पोलेको देखिएन । शायद स्कुलका विद्यार्थीलाई दुर्गन्ध हुन्छ भनेर होला । तर साना केटाकेटी मरे भने हाम्रै स्कुल पछाडि बागमतीको किनारमा खाल्टो खनेर गाड्ने गरेको मैले पनि देखें । तर १ कक्षादेखि सोही स्कुलमा पढ्ने मेरा अरु साथीहरु सुधिर सुवाल, सुरेश डंगोल, नरेन्द्र श्रेष्ठ, कृपा आचार्य, प्रतिक अधिकारी, सुनिल राणा लगायतले भने यस्तो घटना धेरैचोटी देखेका रहेछन् । बाढीले मान्छे बगाएर ल्याएको त कति देख्यौं देख्यौं हामीले ।

हाम्रो स्कुलको केही पुर्वतिरको बागमती र इच्छुमती अर्थात टुकुचाको दोभान ‘कालमोचन घाट’ र पश्चिमतिर टेकु दोभानमा मुर्दा पोलेको हामीले धेरैचोटी देखेका थियौं । कहिलेकाँही त टेकु दोभानको धुवाँ हाम्रो कक्षासम्म पनि आईपुग्थ्यो ।

राणाकालीन समयमा हिन्दु धर्मावलम्वीहरुको आराध्यदेव पशुपतिनाथलाई आधार बनाई त्यस मन्दीरको पुर्व भएर बग्ने बागमती नदीको दायाँबायाँ मानिसको बसोबास नभएको र अरु सानातिना नदीको संगमस्थल ‘दोभान’ तिर घाट बनाएर मुर्दा पोल्ने चलन चलाएको हुनुपर्छ ।
किनकी हामी स्कुलमा पढ्ने बेलासम्म बागमती नदीको दायाँबायाँ ढुंगाको गोलो भकारी र कतै कतै ब्रम्हनाल पनि हामीले देखेकै हो । अहिले त्यहाँ न त भकारी भेटिन्छन, न ब्रम्हनाल नै । बागमती किनारका भकारी र ब्रम्हनाल त अहिले व्यक्तिगत घर कम्पाउण्डमा छिरिसकेका छन् ।

असार र साउनमा पानी परेको दिनमा कक्षामा को सर र को मिसले के पढाउनुभयो भन्दा पनि बागमती किनारतिर झ्याल भएको बेन्चमा बस्ने हामी आधा जसो विद्यार्थीको ध्यान ढुंगाको भकारी नाघेर कक्षाको झ्याल छेउछाऊ आइपुग्ने धमिलो पानी अर्थात बाढीमा बढी केन्द्रीत हुन्थ्यो । अनि हामी झ्यालको फलामे बार (ग्रील) बाट हात छिराएर बाढीलाई छुने गथ्र्याै ।

त्यतिखेरको बागमतीको बाढी पो बाढी त । वारी विश्व निकेतन स्कुलको भित्तोदखि पारी कुपण्डोलको गुसींगालको तण्डुकार र महर्जनहरुको खेतसम्म अर्थात झण्डै ५०० फिट चौडाई ओगटेर बगेको बाढी पो बाढी ।

त्यतिखेर बागमती मात्रै होइन, विष्णुमति, मनोहरा नदी गहिरो थिएन, चौडा थियो । त्यसैले मज्जासंग खुलेर बग्न पाउँथ्यो । अहिले उपत्यकाका नदीहरु चौडा छैन, गहिरो मात्रै छ, त्यसको दायाँवायाँ करिडोर र सुकुम्बासीले ओगटेका छन र अहिले खुम्चिएर बग्नुपरेको छ ।
उल्टै उनीहरु भन्छन—‘बाढी वस्तीमा पस्यो’ भनेर । वास्तवमा बाढी वस्तीमा पसेको होइन, उसले आफु बग्ने गरेको पुरानो बाटो मात्रै खोजेको हो ।

यसअघि बागमतीमा जम्मा भएको बालुवाले त्यसैका दायाँबायाँका धेरै घर ढलान र प्लास्टर भए । किनारका ढुंगाले बनेका पेटी र भकारीहरु कसैका घरका जग र बगैंचामा सजिए । अनि नदी मात्रै बाँकी भयो । अहिलेको बागमती र वरिपरिका अरु नदीमा आएको बाढी त आधामात्रै बाढी हो । आधा त काठमाण्डौ उपत्यकावासीको भान्छाको जुठो पानी र घरको ढल हो ।

खोला नालामा फोहोर अर्थात दिसा पिसाव गर्न हुँदैन भन्ने संस्कारमा हुर्केका हामी २०४६ सालमा आएको प्रजातन्त्रपछि उपत्यकामा मोफसलबाट आएकाहरुको वस्ती अन्धाधुन्द र अव्यवस्थित रुपमा बढ्नु र घरको शौचालयको फोहोर सिधै ढलमार्फत नदीनालामा मिसाउने प्रवृत्तिले गर्दा खोलानाला दुर्गन्धित त भए नै अनि वर्षातमा आएको पानी इनार, वारी, खेत नहुँदा तिनीहरुले सोस्न सकेनन र शहरमा परेको पानी ढल, पिच र ढलान बाटो हुँदै सिधै खोला नदीमा वग्न वाध्य भएपछि बाढी ठुलो देखिएको मात्रै हो ।

*

बर्षायाममा आएको बाढी कक्षाकोठाको झ्यालबाट हात निकालेर छुँदै अनि हिँउदयाममा नदी सुकेर चउर बनेपछि कक्षाका सबै साथीले साइकल सिकेर हुर्केको ठाउँ हो थापाथली, त्रिपुरेश्वर हुँदै टेकु दोभानसम्मको बागमती नदी । अनि पानी कम र सफा हुँदा स्कुल ड्रेसलाई भकारीमा थुपारेर हामफालेको निलो र कञ्चन पानी भएको बागमती नदी ।

फोटो- सामाजिक संञ्जाल

journalistpyasi@gmail.com