२ भाद्र २०८३, मंगलवार
,
Latest
कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाको जोड जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वासिङ्टन सम्झौता अन्तिम मौकाः लेबनानी राष्ट्रपति



अ+ अ-

लेबनान। वाशिङ्गटनमा इजरायलसँगको वार्तापछि घोषणा गरिएको युद्धविराम कार्यान्वयन गर्ने सम्झौता बृहत् युद्धविराममा पुग्ने ‘अन्तिम अवसर’ भएको लेबनानका राष्ट्रपति जोसेफ ओउनले बिहीबार बताउनुभएको छ ।

“चौथो चरणको वार्तापछि लेबनानको पक्षमा धेरै महत्त्वपूर्ण बुँदाहरू समावेश गरिएको र बृहत् युद्धविराममा प्रवेश गर्ने यो अन्तिम अवसर हो । यदि यसप्रति सकारात्मक प्रतिक्रिया दिन असफल भइयो भने द्वन्द्वरत सम्वद्ध पक्ष यसका लागि जिम्मेवार मानिनेछन्,” राष्ट्रपति ओउनले भन्नुभयो ।

ओउनले भन्नुभयो, “लेबनानले ‘सम्बन्धित आन्तरिक पक्ष’ र विशेष गरी हेजबुल्लाहबाट प्रतिक्रिया प्राप्त हुनासाथ संयुक्त राज्य अमेरिकालाई आफ्नो अवस्थाको बारेमा सूचित गर्नेछ । अमेरिकाले युद्धविराम सुरु हुने मिति तोक्नेछ र राष्ट्रपति डोनाल्ड ट्रम्प यसको कार्यान्वयनको लागि प्रत्यक्षरूपमा जिम्मेवार ठहर्नुहुनेछ ।”  (रासस/एएफपी)