१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन

गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड

गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
अ अ+ अ-

भैरहवा। नेपाल र भारतबीचको आर्थिक, व्यापारिक तथा लगानी सहकार्यलाई थप प्रभावकारी बनाउँदै साझा समृद्धिको आधार निर्माण गर्नुपर्नेमा दुवै देशका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिले जोड दिनुभएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालन, सीमावर्ती क्षेत्रको औद्योगिक विकास तथा लुम्बिनीको अन्तरराष्ट्रिय पर्यटन प्रवर्द्धनमा भारतको निजी क्षेत्रको सक्रिय सहभागिताको आवश्यकता औँल्याइएको हो ।

आज भारतको गोरखपुरमा आयोजित ‘भारत-नेपाल आर्थिक सहयोग मञ्च-२०२६’ मा सहभागी वक्ताहरूले कृषि, पर्यटन, ऊर्जा, बैंकिङ, पूर्वाधार, औद्योगिक लगानी र सीमापार व्यापारलाई प्राथमिकतामा राखेर द्विपक्षीय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली निजी क्षेत्रका प्रतिनिधिले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई अन्तरराष्ट्रिय उडानको केन्द्रका रूपमा नियमित गर्न र विकास गर्न भारतीय वायुसेवा कम्पनी तथा निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो ।

विमानस्थल सञ्चालनले लुम्बिनी क्षेत्रको पर्यटन, व्यापार र लगानी प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने सहभागीले धारणा राख्नुभयो ।

छलफलका क्रममा भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा भारतीय उद्योग आकर्षित गर्न नीतिगत तथा व्यावसायिक सहकार्य आवश्यक रहेको विषय पनि उठाइएको थियो ।

सहभागीले सीमावर्ती क्षेत्रका औद्योगिक सम्भावनाको उपयोग गर्दै संयुक्त लगानी र उत्पादन विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । लुम्बिनीलाई अन्तरराष्ट्रिय धार्मिक तथा सांस्कृतिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न भारतीय पर्यटन व्यवसायी र निजी क्षेत्रले थप भूमिका खेल्नुपर्नेमा पनि वक्ताले जोड दिएका हुन् ।

बुद्ध जन्मस्थल लुम्बिनीलाई भारतीय बौद्ध पर्यटक तथा अन्तरराष्ट्रिय पर्यटकको प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्न संयुक्त अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिइएको थियो । भारतस्थित नेपाली दूतावासका सहसचिव तारानाथ अधिकारीले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउन व्यापार, पर्यटन, लगानी र पूर्वाधार विकासका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो ।

उहाँले दुवै देशका निजी क्षेत्रबीचको साझेदारी आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्न सक्ने उल्लेख गर्नुभयो। भारतस्थित नेपाली दूतावासका इकोनोमिक काउन्सिलर रवीन्द्रजङ्ग थापाले नेपालमा लगानी, उद्योग, पर्यटन र व्यापारका प्रशस्त सम्भावना रहेको बताउँदै निजी क्षेत्रको सक्रिय सहभागिताले द्विपक्षीय आर्थिक सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष कृष्णप्रसाद शर्माले व्यापार सहजीकरण, लगानीमैत्री वातावरण निर्माण तथा सीमावर्ती क्षेत्रको आर्थिक विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

उहाँले नेपाल-भारत आर्थिक सम्बन्धलाई व्यवहारिक र परिणाममुखी बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो। नेपाल-भारत आर्थिक सहयोग मञ्चका सचिव उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष कमलेस जैनले नेपाल–भारत आर्थिक सहकार्यका सम्भावना, व्यापारिक सम्बन्ध र निजी क्षेत्रको भूमिकाबारे जानकारी गराउँदै दुवै देशबीचको साझेदारीलाई थप परिणाममुखी बनाउनुपर्ने बताउनुभयो ।

भारतीय उद्योगपति अनुकुल भटनागरले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई आर्थिक विकाससँग जोड्नुपर्ने बताउनुभयो । उहाँले व्यापार, उद्योग, लगानी र वित्तीय सहकार्य विस्तारमार्फत दुवै देशले पारस्परिक लाभ लिन सक्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टङ्क पोखरेलले सीमावर्ती क्षेत्रको व्यापार, पर्यटन र उद्योग प्रवद्र्धनका लागि निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले सीमावर्ती क्षेत्रको आर्थिक विकास, पर्यटन र औद्योगिक सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल र भारतका उद्योगी, व्यवसायी, बैङ्किङ क्षेत्रका प्रतिनिधि, वाणिज्य तथा उद्योग सङ्घका पदाधिकारी तथा विज्ञबीच गोलमेच छलफल, अन्तरक्रिया र अनुभव आदानप्रदान गरिएको थियो ।

सहभागीले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन, लुम्बिनीको पर्यटन प्रवर्द्धन, सेजमा लगानी विस्तार, व्यापारिक प्रक्रियाको सरलीकरण, पूर्वाधार विकास तथा निजी क्षेत्रबीचको सहकार्य अभिवृद्धिमार्फत द्विपक्षीय आर्थिक सम्बन्धलाई थप प्रभावकारी बनाउनुपर्नेलागयत विषयमा छलफल गरी कार्यान्यन गर्नुपर्ने निष्कर्ष निकालेका छन् । रासस