१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनोज गजुरेलको घरमा ताला लगाउन दलबलसहित पुगेकी मीना ढकाल पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले मीना ढकाललाई पक्राउ गरेको छ । पछिल्लो समय विभिन्न विवादित अभिव्यक्ति दिँदै आएकी ढकाललाई साइबर क्राइमसम्बन्धी मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ढकाल दलबलसहित आइतबार बिहान भक्तपुरको बालकोटस्थित मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी थिइन् । गजुरेलसँग सम्बन्ध विच्छेद गरेको लामो समय बितिसक्दा पनि उनले पछिल्लो पटक बालकोटको घर आफ्नो भन्दै त्यहाँ आफू बस्ने बताइरहेकी थिइन् ।

बालकोटस्थित गजुरेलको घरमा ताला लगाउन केही युवाहरूसहित पुगेको अवस्थामा ढकाललाई नियन्त्रणमा लिइएको हो । मीना दलबलसहित बालकोट पुग्दा उनका पूर्वपति मनोज भने घरमा थिएनन् । उनले मनोजकी ८५ वर्षीया आमालाई धाकधम्की दिएर घरमा चाबीसमेत लगाइसकेकी थिइन् ।

मनोजको घरमा चाबी लगाएर बाहिरिँदै गरेको अवस्थामा छिमेकीहरूले प्रहरीलाई खबर गरिदिएका थिए । त्यसपछि तत्कालै पुगेको प्रहरीले मीनालाई हिरासतमा लिएको हो । मनोजले मीनासँगको सहमतिमै २०७४ सालमा सम्बन्धविच्छेद गरेका थिए । मनोजले अहिले अर्को बिहेसमेत गरिसकेका छन् ।