१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनोज गजुरेलको घरमा ताला लगाउन दलबलसहित पुगेकी मीना ढकाल पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले मीना ढकाललाई पक्राउ गरेको छ । पछिल्लो समय विभिन्न विवादित अभिव्यक्ति दिँदै आएकी ढकाललाई साइबर क्राइमसम्बन्धी मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ढकाल दलबलसहित आइतबार बिहान भक्तपुरको बालकोटस्थित मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी थिइन् । गजुरेलसँग सम्बन्ध विच्छेद गरेको लामो समय बितिसक्दा पनि उनले पछिल्लो पटक बालकोटको घर आफ्नो भन्दै त्यहाँ आफू बस्ने बताइरहेकी थिइन् ।

बालकोटस्थित गजुरेलको घरमा ताला लगाउन केही युवाहरूसहित पुगेको अवस्थामा ढकाललाई नियन्त्रणमा लिइएको हो । मीना दलबलसहित बालकोट पुग्दा उनका पूर्वपति मनोज भने घरमा थिएनन् । उनले मनोजकी ८५ वर्षीया आमालाई धाकधम्की दिएर घरमा चाबीसमेत लगाइसकेकी थिइन् ।

मनोजको घरमा चाबी लगाएर बाहिरिँदै गरेको अवस्थामा छिमेकीहरूले प्रहरीलाई खबर गरिदिएका थिए । त्यसपछि तत्कालै पुगेको प्रहरीले मीनालाई हिरासतमा लिएको हो । मनोजले मीनासँगको सहमतिमै २०७४ सालमा सम्बन्धविच्छेद गरेका थिए । मनोजले अहिले अर्को बिहेसमेत गरिसकेका छन् ।