३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपको सेमिफाइनलमा कुन–कुन टिम भिड्दैछन् ?



अ+ अ-

काठमाडौँ । जर्मनीमा भइरहेको युरो कप २०२४ को सेमिफाइनल समीकरण पूरा भएको छ ।

गएराति भएका दुई खेलका विजेतासँगै प्रतियोगिताको सेमिफाइनल खेल्ने चार टोलीको टुंगो लागेको हो ।

सेमिफाइनलमा स्पेन र फ्रान्स तथा इंग्ल्यान्ड र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो सेमिफाइनल मंगलबार मध्यरातमा १२ः४५ बजे हुनेछ भने दोस्रो सेमिफाइनल बुधबार मध्यरातमा १२ः४५ बजे हुनेछ ।

क्वाटरफाइनलमा स्पेनले आयोजक जर्मनीलाई हराएको थियो भने फ्रान्सले पोर्चुगलमाथि जित निकालेको थियो । यस्तै, इंग्ल्यान्डले स्वीट्जरल्यान्डलाई तथा नेदरल्यान्ड्सले टर्कीलाई हराएको हो ।