६ भाद्र २०८३, शनिबार
,
Latest
वागमती प्रदेशका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने मधेस सरकारद्वारा नीति तथा योजना आयोगको ‘ओएण्डएम सर्वे’ स्वीकृत दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योगमन्त्री यादवको प्रतिवद्धता पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो फुटेका पैताला र सडकपेटीको त्रिपालः राजधानीको आँगनमा निमुखा नागरिकको आर्तनाद (फोटो फिचर) गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने कोशीमा विद्युत् सेवा सुधार र खपत बढाउन मन्त्री श्रेष्ठको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वीट्जरल्यान्डलाई पेनाल्टीमा हराउँदै इंग्ल्यान्ड युरो कपको सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । इंग्ल्यान्ड युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा स्वीट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ५–३ गोलले हराउँदै इंग्ल्यान्डले युरो कपको सेमिफाइनलको टिकट काटेको हो ।

निर्धारित र अतिरिक्त समयसम्म खेल १–१ को बराबरीमा सकिएपछि विजेताको टुंगो टाइब्रेकरबाट लागेको हो । खेलको ७५ औं मिनेटमा व्रिल इम्बोलोले गोल गर्दै स्वीट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, ८० औं मिनेटमा बुकायो साकाले गोल गर्दै १–१ को बराबरी ल्याए । त्यसपछि दुबै टोलीबाट गोल गर्ने प्रयास भएपनि गोल हुन सकेन ।

इंग्ल्यान्डले अब सेमिफाइनलमा नेदरल्यान्ड्सँग प्रतिस्पर्धा गर्नेछ ।