३ भाद्र २०८३, बुधबार
,
Latest
साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएसजीका काभानी म्यानचेस्टर युनाइटेडमा अनुबन्धित



अ+ अ-

लन्डनः इङलिस प्रिमियर लिगको यस सत्रमा कमजोर शुरुवात गरेको म्यानचेस्टर युनाइटेडले उरुग्वेका स्ट्राइकर एडिन्सन काभानीलाई भित्र्याएको छ । ३३ वर्षीय काभानी फ्रान्सेली लिग लिडर पेरिस सेन्ट जर्मेन फुटबल क्लबबाट युनाइटेडमा स्थानान्तरित भएका हुन् ।

सन् २००७ मा युरोपेली क्लबमा आबद्ध भएका काभानीले युरोपेली क्लबहरुका लागि ३४१ गोल गरिसकेका छन् । काभानीले युनाइटेडको वेबसाइटमा प्रतिक्रिया दिँदै भनेका छन्ः “आफूले विगतमा पनि निकै मेहनत गरेको र युनाइटेडजस्तो प्रतिष्ठित क्लबबाट खेल्न पाउँदा आफूलाई गौरव लागेको छ ।”

पिएसजीमा रहँदा उनको क्लबले छ वटा उपाधि जितेको थियो । उनले क्लबका लागि २०० गोल गरिसकेका छन् । उनले सिरि ए र लिग १ दुबैबाट गोल्डेन बूट प्राप्त गरेका छन् ।
उरुग्वेका लागि उनले ११६ अन्तर्राष्ट्रिय खेल खेल्दै ५० गोल गरेका छन् ।

युनाइटेडले पोर्टोबाट अलेक्स टेलिसलाई पनि एक करोड ३६ लाख पाउन्डमा क्लबमा भित्र्याएको छ ।

म्यानचेस्टर युनाइटेडले आगामी शनिबार न्यूक्यासल युनाइटेड विरुद्ध खेल्दैछ ।

प्रिमियर लिगको बर्तमान अंक तालिकामा युनाइटेडले ३ खेलबाट ३ अंक मात्र जोडी १६ औं स्थानमा रहेको छ ।

गत आइतबारको खेलमा टोटेनह्याम हट्सपरले युनाइटेडलाई ६–१ गोल अन्तरले नराम्रोसँग पराजित गरेको थियो भने सेप्टेम्बर १९ मा क्रिस्टल प्यालेससँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।

यी दुबै खेलमा युनाइटेड पराजित भएपछि क्लबका समर्थकले प्रतिभावान खेलाडी भित्र्याउन दबाब दिइरहेका थिए ।

(एजेन्सी)