३ भाद्र २०८३, बुधबार
,
Latest
जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद



अ+ अ-

काठमाडौँ। स्याङ्जामा प्रहरीले बन्दुक बनाउने सामग्रीसहित सात थान भरुवा बन्दुक बरामद गरेको छ।

वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोलीले वालिङ नगरपालिका–१२ कोखेका १८ वर्षीय विराज विकको घरबाट बन्दुक र बन्दुक बनाउने सामान बरामद गरेको हो।

खानतलासीका क्रममा मर्मत गर्दै गरेको अवस्थामा सात थान भरुवा बन्दुक, भरुवा बन्दुकका नाल ३ थान र भरुवा बन्दुकको फ्रेम बनाउने डाई एक थान बरामद भएको प्रहीले जनाएको छ।