• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ? ★   कसैको घरमा पाहुना बन्न जाँदै हुनुहुन्छ भने यी कुराहरुको विशेष ध्यान दिनुस् ★   शेखर कोईरालालक्षित काँग्रेस सांसद लिम्बूको टिप्पणी: नयाँ सरकार निर्माणमा धोकाधडी नहोस् ★   विश्व निकेतन स्कूलको झ्यालबाट छोएको बागमतीको ‘बाढी पो बाढी त’…. ★   प्रधानमन्त्री अल्पमतमा छन्, तत्काल राजीनामा दिनुपर्छ: प्रतिनिधि सभाका सांसदहरु ★   तपाईको जीवनमा शुभ समय आउनुअघि घरमा देखिन्छन् यी संकेत ★   कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेपछि सतर्क रहन आग्रह

पिएसजीका काभानी म्यानचेस्टर युनाइटेडमा अनुबन्धित



लन्डनः इङलिस प्रिमियर लिगको यस सत्रमा कमजोर शुरुवात गरेको म्यानचेस्टर युनाइटेडले उरुग्वेका स्ट्राइकर एडिन्सन काभानीलाई भित्र्याएको छ । ३३ वर्षीय काभानी फ्रान्सेली लिग लिडर पेरिस सेन्ट जर्मेन फुटबल क्लबबाट युनाइटेडमा स्थानान्तरित भएका हुन् ।

सन् २००७ मा युरोपेली क्लबमा आबद्ध भएका काभानीले युरोपेली क्लबहरुका लागि ३४१ गोल गरिसकेका छन् । काभानीले युनाइटेडको वेबसाइटमा प्रतिक्रिया दिँदै भनेका छन्ः “आफूले विगतमा पनि निकै मेहनत गरेको र युनाइटेडजस्तो प्रतिष्ठित क्लबबाट खेल्न पाउँदा आफूलाई गौरव लागेको छ ।”

पिएसजीमा रहँदा उनको क्लबले छ वटा उपाधि जितेको थियो । उनले क्लबका लागि २०० गोल गरिसकेका छन् । उनले सिरि ए र लिग १ दुबैबाट गोल्डेन बूट प्राप्त गरेका छन् ।
उरुग्वेका लागि उनले ११६ अन्तर्राष्ट्रिय खेल खेल्दै ५० गोल गरेका छन् ।

युनाइटेडले पोर्टोबाट अलेक्स टेलिसलाई पनि एक करोड ३६ लाख पाउन्डमा क्लबमा भित्र्याएको छ ।

म्यानचेस्टर युनाइटेडले आगामी शनिबार न्यूक्यासल युनाइटेड विरुद्ध खेल्दैछ ।

प्रिमियर लिगको बर्तमान अंक तालिकामा युनाइटेडले ३ खेलबाट ३ अंक मात्र जोडी १६ औं स्थानमा रहेको छ ।

गत आइतबारको खेलमा टोटेनह्याम हट्सपरले युनाइटेडलाई ६–१ गोल अन्तरले नराम्रोसँग पराजित गरेको थियो भने सेप्टेम्बर १९ मा क्रिस्टल प्यालेससँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।

यी दुबै खेलमा युनाइटेड पराजित भएपछि क्लबका समर्थकले प्रतिभावान खेलाडी भित्र्याउन दबाब दिइरहेका थिए ।

(एजेन्सी)




भर्खरै