१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा

काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा
photo:Rss
अ अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सत्ता समिकरणको सम्बन्धमा नेपाली काँग्रेस र नेकपा(एमाले)ले गरेको सहमती अपारदर्शी भएको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सापकोटाले नेपाली काँग्रेस र नेकपा(एमाले)का बीचमा भएको भनिएको सत्ता समिकरणको सहमती अपारदर्शी भएको बताउनुभएको हो ।

उहाँले दुई दलका बीचमा भएको सहमती आधिकारिक रुपमा बाहिर नआएको भन्दै अपारदर्शी सम्झौता रहेको बताउनु भयो । उहाँले संसदीय अभ्यासमा ठूलो दलले सरकार बनाउने र दोस्रो ठूलो दल प्रतिपक्षमा बस्ने परम्परा रहेपनि सहमतीमा दोस्रो ठूलो दलको नेतृत्वमा सरकार बनाउने सुनिएको भन्दै यसरी स्थिरता दिन नसकिने बताउनु भयो । उहाँले नेकपा(एमाले)ले नैतिकता नदेखाएको पनि बताउनु भयो । उहाँले दुई दलका बिचमा आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमती हुनुले सरकार स्थिर हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामीले अभ्यास गरिराखेको संसदको अभ्यासले के भन्छ भने सबभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्ने र दोस्रो दलले वेटिङ गर्भमेन्ट अथवा वाचडगका रुपमा प्रमुख प्रतिपक्षमा बसेर भुमिका खेल्ने । तर संसदले यो लय त सुरुका दिनदेखि नै बिगारेको हो । त्यसकारण अहिले उहाँहरुले जे भन्नुभएको छ, यसका पछाडी स्थिरता दिने कुराको कुनैपनि गुञ्जायस देखिँदैन । सबभन्दा पहिले त उहाँहरुले यति अपारदर्शी प्रकारको सहमती गर्नुभएको भन्ने हाम्रो निष्कर्ष छ । दुईवटा दलका बिचमा के–कस्ता सम्झौताहरु भए त्यो आधिकारिक रुपमा बाहिर आएका छैन । मिडिया ट्रायलका निमित्त उहाँहरुले विभिन्न प्रकारका क्लिपहरु र अरु मेन्सनहरु गर्नुभएको छ, त्यसैलाई मात्र पत्याउनुपर्ने हो भने अलग कुरा हो । नभए उहाँहरुले मध्यरातमा, अमुकमा व्यक्तिको घरमा गर्नुभएको सम्झौताभित्र के छ हामीले हेर्न पाएका छैनौँ । यतिका दिनसम्म त्यसलाई गुपचुप राख्नुपर्ने कुरा उहाँहरुलाई के भयले काम गरिरहेको छ । सबभन्दा पहिला अपारदर्शीता, अनैतिकता त्यहाँबाट सुरु भएको छ । दिनभरी प्रधानमन्त्रीसँग बसेर नर्क गएपनि, स्वर्ग गएपनि सँगै जाउँला भन्ने, ललितपुरमा ड्राफ्ट गर्नका लागि आफ्ना नेतालाई खटाउने यो कहाँको नैतिकता हो ? यही हो नैतिकता ? आजको दिनसम्म औपचारिक हस्ताक्षर गरेर भएको सम्झौतालाई बाहिर ल्याउनु भएको छैन । त्यहीँ अपारदर्शीता छ । त्यो अनैतिकता हो । ठुलो दललाई त सरकारको नेतृत्व गर्ने सहमती गर्नुभएको छैन, मिडियामा आएका कुराहरुलाई मान्ने हो भने । दोस्रो पार्टीले नै नेतृत्व गर्ने कुरा गर्नुभएको छ । बाँकी रहेको सबै कार्यकाल एउटै पार्टीले नेतृत्व गर्ने पनि भन्नुभएको छैन । त्यसलाई फेरि आधा–आधा गर्ने भन्नुभएको छ । यही हो स्थिरता ? तपाईहरुले गर्नुभएको कुराले स्थिरता देखाउँदैन । सिधा–सिधा लोकलाई ढाट्ने काम गर्नुभएको छ ।’

सांसद सापकोटाले नक्कली भूटानी शरणार्थी प्रकरणको फाइल खोलेर बेचन झा पक्राउ गर्नासाथ सरकार परिवर्तनको खेल शुरु भएको बताउनु भयो । उहाँले नेकपा(एमाले)प्रति लक्षित गर्दै गिरिबन्धु टि स्टेटको कालो धब्बाले छोपिएर आफूहरुलाई नैतिकताको पाठ नसिकाउन चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘प्रधानमन्त्री, गृहमन्त्रीसहित पारदर्शीता कायम गर्नका निमित्त भूटानी शरणार्थीसँग सम्बन्धित रहेको फाइल फेरि खोल्न अगाडी बढ्नुभयो । बेचन झाको गिरफ्तारी र त्यसबाट प्राप्त भएका तथ्य प्रमाणहरु बिस्तारै सार्वजनिक हुँदै गए । बेचन झाका प्रमाणहरु आएपछि तपाईहरु बेचैन हुँदै डुंगा प्वाल परेको देख्नुभयो । डुंगा प्वाल पर्ने बित्तिकै मुसा भाग्छ । बहादुरहरुले त सामना गर्छन् । साहसीहरुले सामना गर्ने हो । तपाईहरु अहिले हामीलाई नैतिकताको पाठ सिकाएर गिरिबन्धुको कालो धब्बाले धपक्कै छोपिएर, बेचन झाले बेचैन बनेकाहरुले हामीलाई नैतिकताको पाठ सिकाउने । तपाईहरु पहिले गिरिबन्धु टि स्टेटको कालो धब्बा कसरी पखाल्ने ? बेचन झाबाट बेचैन भएको चैन पहिले फर्काउनुस् न । त्यसपछि हामी कुरा गरौँला ।’

सांसद सापकोटाले प्रधानन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने र विश्वासको मत लिने बताउनु भयो । उहाँले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेमा संविधान अनुसार संविधानको धारा ७६(३) बमोजिम प्रधानमन्त्री चयनको प्रक्रिया अगाडी बढ्ने बताउनु भयो ।