९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री आलेद्वारा उपचार सहयोग प्रदान



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीकी नेकपा (एकीकृत समाजवादी) की नेतृ सीता रायमाझीलाई आज उपचार सहयोग प्रदान गर्नु भएको छ ।

छातीमा समस्या उत्पन्न भएर यही असार २१ गते काठमाडौँको बानेश्वरमा रहेको सिभिल अस्पतालमा नेतृ रायमाझीको इमेरजेन्सी शल्यक्रिया गरिएको थियो । आज पूर्वमन्त्री आले अस्पतालमै पुग्नु भई उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको थियो ।

रायमाझीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा सहयोग पुगोस् भन्ने उदेश्यले २५ हजार उपचार सहयोग गर्नु भएको पूर्वमन्त्री आलेको स्वकीय सचिवालयले जनाएको छ । अप्रेसन पश्चात नेतृ रायमाझीको स्वास्थ्यमा सुधार भइरहेको जनाइएको छ ।

डोटीबाट निर्वाचित सांसद एवं पूर्वमन्त्री आलेले डोटी लगायत समग्र सुदूरपश्चिमबाट उपचारका लागि काठमाडौँ आएका आर्थिक अवस्था कमजोर भएका जनतालाई सधै उपचार सहयोगदेखि अन्य सहयोग सम्म गर्दै आउनु भएको छ ।




भर्खरै