१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री आलेद्वारा उपचार सहयोग प्रदान



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीकी नेकपा (एकीकृत समाजवादी) की नेतृ सीता रायमाझीलाई आज उपचार सहयोग प्रदान गर्नु भएको छ ।

छातीमा समस्या उत्पन्न भएर यही असार २१ गते काठमाडौँको बानेश्वरमा रहेको सिभिल अस्पतालमा नेतृ रायमाझीको इमेरजेन्सी शल्यक्रिया गरिएको थियो । आज पूर्वमन्त्री आले अस्पतालमै पुग्नु भई उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको थियो ।

रायमाझीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा सहयोग पुगोस् भन्ने उदेश्यले २५ हजार उपचार सहयोग गर्नु भएको पूर्वमन्त्री आलेको स्वकीय सचिवालयले जनाएको छ । अप्रेसन पश्चात नेतृ रायमाझीको स्वास्थ्यमा सुधार भइरहेको जनाइएको छ ।

डोटीबाट निर्वाचित सांसद एवं पूर्वमन्त्री आलेले डोटी लगायत समग्र सुदूरपश्चिमबाट उपचारका लागि काठमाडौँ आएका आर्थिक अवस्था कमजोर भएका जनतालाई सधै उपचार सहयोगदेखि अन्य सहयोग सम्म गर्दै आउनु भएको छ ।