१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ महिला एसिया कपः नेपाल र बंगलादेशबीचको खेल वर्षाका कारण प्रभावित



खेल हुने रंगशाला
अ+ अ-

काठमाडौं । मलेसियामा जारी यू–१९ महिला एसिया कपको ‘सुपर–४’ अन्तर्गत नेपाल र बंगलादेशबीचको खेल वर्षाका कारण प्रभावित भएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदान वर्षा भइरहेकाले टस समेत हुन सकेको छैन ।

नेपालका लागि निकै महत्वपूर्ण रहेको यो खेलमा नेपाल विजयी भएमा नेपाल फाइलनमा प्रवेश गर्नेछ । तर, पराजित भएमा वा खेल रद्द हुन पुगे बंगलादेश फाइलनमा पुग्नेछ ।

सुपर–४ मा नेपालसहित भारत, बंगलादेश र श्रीलंका छन् । भारत ५ अंकसहित पहिलो स्थानमा रहँदा बंगलादेश ४ अंकसहित दोस्रो, समान ४ अंकसहित नेपाल तेस्रो र ३ अंकसहित श्रीलंका चौथो स्थान छ । पहिलो र दोस्रो स्थानमा रहने टोली फाइलनमा पुग्नेछन् ।