६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ महिला एसिया कपः नेपाल र बंगलादेशबीचको खेल वर्षाका कारण प्रभावित



खेल हुने रंगशाला
अ+ अ-

काठमाडौं । मलेसियामा जारी यू–१९ महिला एसिया कपको ‘सुपर–४’ अन्तर्गत नेपाल र बंगलादेशबीचको खेल वर्षाका कारण प्रभावित भएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदान वर्षा भइरहेकाले टस समेत हुन सकेको छैन ।

नेपालका लागि निकै महत्वपूर्ण रहेको यो खेलमा नेपाल विजयी भएमा नेपाल फाइलनमा प्रवेश गर्नेछ । तर, पराजित भएमा वा खेल रद्द हुन पुगे बंगलादेश फाइलनमा पुग्नेछ ।

सुपर–४ मा नेपालसहित भारत, बंगलादेश र श्रीलंका छन् । भारत ५ अंकसहित पहिलो स्थानमा रहँदा बंगलादेश ४ अंकसहित दोस्रो, समान ४ अंकसहित नेपाल तेस्रो र ३ अंकसहित श्रीलंका चौथो स्थान छ । पहिलो र दोस्रो स्थानमा रहने टोली फाइलनमा पुग्नेछन् ।