११ माघ २०८१, शुक्रबार
,
Latest
अमेरिकी डलरको भाउ बढ्दा कुन–कुन विदेशी मुद्राको घट्यो कञ्चनपुरमा आजदेखि पाँच दिन विद्युत् आपूर्ति बन्द हुने महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक कांग्रेसले विपन्न नागरिकका पक्षमा काम गर्दै आएको छ : डा कोइराला इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता ठगी सम्बन्धी कसुरका फरार प्रतिवादी पक्राउ बाइस्कोप सिनेमाको ब्यानरमा पहिलो फिल्म ‘परान’ निर्माण हुने वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ बैंकहरू समस्यामा छैनन्, अफवाह धेरै फैलियो : गभर्नर अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतबाट विद्युत आयात नगरे अहिले पनि १० घण्टा लोडसेडिङ भोग्नुपर्ने अवस्था छः अध्यक्ष कार्की



अ+ अ-

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपालका अध्यक्ष गणेश कार्कीले भारतबाट विद्युत आयात नगरे अहिले पनि १० घण्टा लोडसेडिङ भोग्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा इप्पानले २५ औं वर्षमा वार्षिकोत्सवको अवसरमा इप्पान रजत जयन्ती मनाउने सन्दर्भमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाल जलविद्युतको धनी देश,विद्युत उत्पादनको प्रचुर सम्भावना भएपनि अहिलेदेखि लोडसेडिङ भोग्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले भारतले विद्युत दिन छोड्ने हो भने नेपालले १० घण्टा लोडसेडिङ भोग्नुपर्ने अवस्था रहेको बारम्बार भन्दै आएको बताउनु भयो । उहाँले १२ महिना मुलुकलाई लोडसेडिङ मुक्त गर्न नेपालमा भएको स्रोतलाई लगानीमार्फत विद्युत उत्पादनमा जोड दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले विद्युत निर्यातको लागि भारत र बंलादेशसँग सम्झौता भएपनि विद्युत उत्पादनको लागि कुनैपनि काम अघि बढ्न नसकेको उल्लेख गर्नुभयो । उहाँले विद्युत उत्पादनको लागि रोकिएको पीपीए तत्काल खुला गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले २०३५ सम्म २८ हजार ५ सय मेगावट विद्युत उत्पादनको लागि ६७ खर्ब र ट्रान्समिसन लाइनमा १० खर्ब लगानी आवश्यक रहेको बताउनु भयो । उहाँले स्वदेशमा भएको पुँजी लगानी गर्नुपर्ने भएपनि सार्वजनिक लेखा समितिले आइपीओमा गएका कम्पनीले ३३ प्रतिशत शेयर बेच्न पाइदैन भनेर लगाम लगाउनु जायज नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेपाल जलविद्युतको धनी देश,विद्युत उत्पादनको प्रचुर सम्भावना भएको देश तर हामीले अहिलेदेखि लोडसेडिङ भोग्ने हो कि भन्न थालेका छौं । भारतले विद्युत दिन छाडेको हो भनेका छौं । मैले धेरै पटक भनी सके । भारतले विद्युत नदिने हो भने नेपालले १० घण्टा लोडसेडिङ भोग्नुपर्छ । १२ महिना मुलुकलाई लोडसेडिङ मुक्त गर्न के गर्नुपर्छ भनेर खोज्नुपर्ने दिन आएको छ । विद्युत निर्यातको लागि भारत र बंलादेशसँग सम्झौता भएको छ तर अगाडि बढ्न सकेको छैन । विद्युत उत्पादनको लागि पीपीए रोकेर बसेको छ । २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लागि ६७ खर्ब र ट्रान्समिसन लाइनमा १० खर्ब लगानी आवश्यक छ । स्वदेशमा भएको पुँजी लगानी गर्नुपर्ने हुन्छ । सार्वजनिक लेखा समितिले आइपीओमा गएका कम्पनीले ३३ प्रतिशत शेयर बेच्न पाइँदैन भनेर लगाम लगाउँदै छ । सरकार विद्युत उत्पादनमा लगानी आवश्यक भन्छ तर सरकारका निकायहरु रोक्ने काम गरेका छन् । नेपालीहरुले उत्पादन गरेका विद्युतले लोडसेडिङ मुक्त गराउने हो भने अब फास्ट ट्राकमा हिँड्नुपर्ने बेला आएको छ ।’

उहाँले सरकार विद्युत उत्पादनमा लगानी आवश्यक छ भन्ने तर सरकारका निकायहरु रोक्ने काम बन्द गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालीहरुले उत्पादन गरेका विद्युतले लोडसेडिङ मुक्त गराउने हो भने अब फास्ट ट्याकमा हिँड्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।