२ भाद्र २०८३, मंगलवार
,
Latest
प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६ वर्षीया किशोरी बनिन् एक दिनको लागि फिनल्याण्डको प्रधानमन्त्री !



अ+ अ-

काठमाडौं । फिनल्याण्डमा एक दिनका लागि प्रधानमन्त्रीको पद १६ वर्षीया किशोरीलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री सन्ना मरिनले एक दिन बुधबारका लागि आभा मुर्तो नाम गरेकाी १६ वर्षीया किशोरीलाई प्रधानमन्त्री बनाइएकी हुन्। आभाले एक दिनको प्रधानमन्त्री हुँदा आफूले रमाइलो महसुस गरेकी बताएकी छन्।

आभालाई एक दिनका लागि प्रधानमन्त्री बनाईएपनि उनलाई कुनै नयाँ निर्णय गर्ने वा कानुन बनाउने अधिकार भने दिईएको छैन् । उनलाई प्रविधिमा महिला अधिकारबारे राजनीतिज्ञहरुसँग दिनभर बैठक बसाउने छुटसहित प्रधानमन्त्री बनाइएको हो।

फिनल्याण्डमा संयुक्त राष्ट्रसंघको बालिका दिवसको अवसरमा ‘च्यारिटी’ का लागि यस्तो कार्यक्रम आयोजना गरिएको थियो । आभाले बैठकपछि पत्रकारले उनीमाथी गरिएको  प्रश्नको समेत उतर दिएकी थिईन् । हाल प्रधानमन्त्री रहेकी मरिन फिनल्याण्डको तेस्रो महिला र सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुन्। उनी गत वर्ष ३४ वर्षको उमेरमा प्रधानमन्त्रीमा चयन भएकी थिइन्।