३ पुष २०८१, बुधबार
,
Latest
यू-१९: हङकङलाई २२६ रनले हराउदै नेपालले जित्यो सिरिज नयाँ प्रतियोगिताका रूपमा सोचेर खेल्यौं: सोमपाल कामी व्यवस्थापिकाको भूमिका प्रभावकारी बनाउनुपर्नेमा सभामुखको जोड प्रसाईंको मुद्दामा बन्दीसहित उपस्थित गराउन आदेश दक्षिण कोरियाका राष्ट्रपति युन भ्रष्टाचार नियन्त्रण निकायसमक्ष उपस्थित हुन अस्वीकार फाईनल प्रवेशको लागि जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य विपन्नलाई न्याना कपडा वितरण महन्थ ठाकुरले गरे केन्द्रीय समिति विस्तार, आठ जना मनोनीत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा ४ उपसमिति गठन रोहितलाई पछि पार्दै रवि बोपाराले बनाए उच्च स्कोर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र भारतको खेलमा वर्षा बाधक, दुवै टिमले अंक बाँडे



अ+ अ-

काठमाडौँ । मलेसियामा जारी एसिसी यू–१९ महिला एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारत ३.१ ओभरमा विकेट नगुमाई २८ रन जोडेको अवस्थामा वर्षा भएपछि खेल रद्द गरिएको हो ।

योसँगै नेपाल र भारतले अंक बाँडेका छन् । त्यसअघि क्वालालाम्पुरस्थित बायुमास ओभलमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९४ रन बनाएको थियो ।

खेल रद्द भए पनि समूह ‘बी’ बाट नेपाल र भारत सेमिफाइनल पुगे । समूह ‘बी’ कै पाकिस्तान भने लगातार दुई खेलमा हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरियो ।