५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र भारतको खेलमा वर्षा बाधक, दुवै टिमले अंक बाँडे



अ+ अ-

काठमाडौँ । मलेसियामा जारी एसिसी यू–१९ महिला एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारत ३.१ ओभरमा विकेट नगुमाई २८ रन जोडेको अवस्थामा वर्षा भएपछि खेल रद्द गरिएको हो ।

योसँगै नेपाल र भारतले अंक बाँडेका छन् । त्यसअघि क्वालालाम्पुरस्थित बायुमास ओभलमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९४ रन बनाएको थियो ।

खेल रद्द भए पनि समूह ‘बी’ बाट नेपाल र भारत सेमिफाइनल पुगे । समूह ‘बी’ कै पाकिस्तान भने लगातार दुई खेलमा हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरियो ।