काठमाडौँ । महिला यू–१९ एशिया कपमा पाकिस्तानले नेपाललाई १०५ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनायो ।
पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ रन बनाइन् भने मोहम अनीजले २९ रन जोडिन् ।
बलिङतर्फ नेपालकी पुजा महतोले २ विकेट लिइन् भने रचना चौधरी, अनु कडायत र सीमाना केसीले एक–एक विकेट लिए ।










