२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ गठबन्धनबीच वैशाखमै स्थानीय चुनाव गर्ने सहमति (भिडियो सहित)



अ+ अ-

काठमाडौँ । विसं २०७९ वैशाखमै स्थानीय निर्वाचन गर्ने सत्तारुढ गठबन्धनबीच सहमति भएको छ । बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताबीच त्यस्तो सहमति भएको हो । 

आज बिहान बालुवाटारमा गठबन्धन नेताहरुबीच आसन्न स्थानीय निर्वाचनबारे छलफल भएको थियो । 

छलफलपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न गठबन्धन नेताहरुबीच सहमति भएको जानकारी दिनुभयो । 

उहाँका अनुसार निर्वाचनका विषयमा थप गृहकार्य गरेर बिहीबार फेरि अर्को बैठक बस्नेछ । बिहीबार नै मन्त्रिपरिषद्को पनि नियमित बैठक हुने भएकाले सम्भवतः निर्वाचनको मिति सोही बैठकबाट तोकिनेछ । 

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले राष्ट्रियसभा र स्थानीय निकायको निर्वाचनका बारेमा सैद्धान्तिक छलफल मात्र भएको जानकारी दिनुभयो । 

गत पुस ९ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाख १४ र २२ गते गर्नुपर्ने सुझाव दिएको थियो ।