काठमाडौं । मुख्यत: जाडो मौसममा धेरैलाई समस्या हुन्छ – जोर्नी दुख्ने समस्या र बाथ रोग । चिसोको समयमा जोर्नीको दुखाइ जुनसुकै उमेरका मानिसलाई पनि हुन्छ । चिसोयाममा जीवनशैलीमा परिवर्तन आउने हुन्छ ।
चोटपटक लागेर भाँच्चिएको वा मर्किएको ठाउँमा पनि दुख्छ ।विभिन्न रोगका कारणले पनि जोर्नी दुख्छ । युरिक एसिड, बाथरोग, इन्फेक्सनको कारणले गर्दा पनि दुखाइ हुन्छ । ५० वर्षभन्दा बढी उमेरका कतिपय व्यक्तिको हड्डी खिइँदै गएको हुन्छ ।
हड्डी खिइँदै जाँदा दुखाइ बढ्ने हुन्छ । एकैठाउँमा बस्दा, शारीरिक व्यायाम नगर्दा, भिटामिन डी, क्याल्सियमको कमी हुँदा पनि जोर्नीको दुखाइ बढ्ने हुन्छ ।
नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीका एशोसिएट प्रोफेसर डा. अनिल घिमिरेको सुझाब यस्तो छ ।