२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः आर्सनलले मोनाकोलाई हरायो, डर्टमण्डमाथि बार्सिलोनाको रोमाञ्चक जित



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब आर्सनलले जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले फ्रेञ्च क्लब एसी मोनाकोलाई ३–० गोलले हराएको हो ।

घरेलु टोलिलाई जित दिलाउन बुकायो साकाले दुई तथा काई हाभेर्ट्जले एक गोल गरे । खेलको ३४ औं मिनेटमा साकाको गोलबाट आर्सनलले सुरुवाती अग्रता बनाएको थियो ।

७८ औं मिनेटमा साकाले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । ८८ औं मिनेटमा हाभेट्रजले गोल गर्दै आर्सनललाई ३–० को जित दिलाए ।

आर्सनल ६ खेलबाट १३ अंकसहित तालिकाको तेस्रो स्थानमा छ भने मोनाको १० आंकका साथ १६ औं स्थानमा छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा स्पेनिस क्लब बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई उसकै घरेलु मैदानमा ३–२ गोलले हरायो ।

बार्सिलोनाको जितमा खेलको ५२ औं मिनेटमा राफिन्हाले तथा ७५ र ८५ औं मिनेटमा फेरान टोरेसले (दुई गोल) गरे ।

डर्टमण्डका सेर्होउ गिरासीले ६० (पेनाल्टी) र ७८ औं मिनेटमा गरी दुई गोल गरेपनि टोलिको हार टार्न सकेनन् ।

६ खेलबाट १५ अंक जोडेको बार्सिलोना तालिकाको दोस्रो स्थानमा छ । डर्टमण्ड १२ अंकका साथ नवौं स्थानमा छ ।

३६ टोलिबीच प्रतिस्पर्धा भइरहेको च्याम्पियन्स लिगमा अंकतालिकाको आठौं स्थानमा रहने टोलि सिधै नकआउट चरणमा पुग्नेछ भने त्यसपछि २४ औं स्थानसम्म रहने टोलिले प्लेअफ खेल्नेछ ।