२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात गोलको थ्रिलिङ म्याचमा चेल्सीले टोटेनहमलाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले टोटेनहममाथि रोमाञ्चक जित निकालेको छ ।

गएराति भएको खेलमा चेल्सीले टोटेनहमलाई ४–३ गोलले पराजित गरेको हो ।

खेलको पाँचौं मिनेटमा नै घरेलु टोलि टोटेनहमले डोमिनिच सोलान्कीको गोलबाट खेलमा अग्रता लिएको थियो । ११ औं मिनेटमा डेजान कुलुसेभ्सकीले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे ।

यता, १७ औं मिनेटमा जाडोन साञ्चोले गोल गर्दै चेल्सीलाई १–२ को अवस्थामा ल्याए । त्यसपछि ६१ औं मिनेटमा कोल पाल्मेरले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २–२ को बराबरीमा ल्याए । ७३ औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै चेल्सीलाई ३–२ ले अघि बढाए ।

यता, ८४ औं मिनेटमा पाल्मेरले पेनाल्टीमा गोल गर्दै व्यक्तिगत दोस्रो तथा टोलिका लागि चौंथो गोल गरे । ९०+६ औं मिनेटमा सन हेउंग मिनले गोल गरेपनि टोटेनहमले खेल ४–३ ले गुमायो ।

योसँगै १५ खेलबाट ३१ अंकसहित चेल्सी अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । टोटेनहम २० अंकका साथ ११ औं स्थानमा छ ।