• २१ मंसिर २०८०, बिहीबार
  •      Thu Dec 7 2023
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीसँग अमेरिकी राष्ट्रपति बाइडेनकी विशेष सहायक लाउबाचरद्वारा शिष्टाचार भेट ★   इन्टरपोलको महासभामा सहभागी भई प्रहरी महानिरीक्षक स्वदेश फिर्ता ★   जलवायु परिवर्तन र वायु प्रदूषणको विनाशकारी चक्र तोड्न काठमाडौँसहित विश्वका ८ ठूला सहर प्रमुखहरुको प्रतिबद्धता ★   हरमनप्रीत कौरले धोनी–कोहली जस्ता दिग्गजहरूलाई पछि पारिन् ★   सैंबु खुला ब्याडमिन्टन: सेमिफाइनलका खेलहरु सम्पन्न, फाइनल खेल शनिबार ★   एमालेको सङ्कल्प यात्रा पर्वतमा ★   मन्त्रिपरिषद्को बैठक बस्दै ★   चिसोले जमेको पञ्चकुुण्ड तालमा रमाउँदै पर्यटक ★   एनसेल प्रकरण: `अपार करछलि´को गहिरो अनुसन्धान जरुरी : महामन्त्री शर्मा ★   म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई हरायो

नेपालमा पछिल्लो दिनहरुमा तापक्रम बढ्दो,सजग हुन विज्ञहरुले सुझाव (भिडियोसहित)



काठमाडौं । नेपालमा पछिल्लो दिनहरुमा तापक्रम बढ्दो मात्रामा रहेकाले सजग हुन विज्ञहरुले सुझाएका छन् । सोमवार सम्म मौसम विज्ञान विभागको रेकर्ड अनुसार ३९ वटा केन्द्रमा ३० देखि ३५ डिग्री तापक्रम रेकर्ड भएको तथा एउटा केन्द्रमा भने ४० डिग्री तापक्रम रेकर्ड भएको उल्लेख गर्दै उहाँले केही दिन तापक्रम वृद्धि निरन्तर बढ्नसक्ने बताउनुभयो ।

जलवायु विज्ञ डा. उप्रेतीले तराईमा ४० डिग्री वा सोभन्दा बढी तापक्रम पुग्यो भने र पहाडमा ३० डिग्री भन्दामाथि तापक्र पुगेको अवस्थामा तातो हावा आउने उल्लेख गर्नुभयो । मंगलवार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले पछिल्लो समय नेपालमा तापक्रम वृद्धि भइरहेको बताउनुभयो । नेपालमा केही दिन यसको सम्भावना भएकाले सर्तक रहनुपर्नेमा उहाँले जोड दिनुभयो । तातो हावा चलेको अवस्थामा पर्यावरण सुख्खा रहने, कम पानि पर्ने हुँदा प्रदुषण बढ्ने र ठुलो वेगको हावा चल्दा भौतिक संरचनाहरुमा क्षति पुग्नासक्ने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘यो पिरियडमा हावाहुरी बढी चल्ने तातो हावा चल्ने तापक्रम ३० डिग्री ४० डिग्री भन्दा माथिको अवस्थामा रहने त्यसले गर्दा वातावरण पर्यावरण सुख्खा हुनाले आगोलागीको सिजन, पानि कम पर्ने हुँदा प्रदुषणको मात्रा बढ्ने । एकैचोटी ठुलो वेगको हावा चल्ने हुँदा छाना उडाउने , रुख ढल्ने हुँदा चोटपटक हुने । हानी नोक्सानी हुने विभिन्न अवस्था सिर्जना हुन्छन् । हिजोसम्मको अवस्थामा नेपालको ३९ वटा केन्द्रमा जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार ३० देखि ३५ डिग्री तापक्रम ३९ वटा केन्द्रमा रेकर्ड भएको छ भने नवलपुरको एउटा केन्द्रमा ४० डिग्री रेकर्ड भइरकेको अवस्था छ ।

भनेपछि भारतको जुन अवस्था छ नेपालतिर सिफ्ट भइराखेको देख्न सकिन्छ । कुनै तापक्रम त आजपनि ४० डिग्री पुग्न सक्छ नि त । तर लगातार दुई दिन वा सोभन्दा बढी ४० डिग्री तापक्रम एकै ठाउँमा रह्यो भने ४० डिग्री वा सोभन्दा बढी तापक्रम एकै ठाउँमा भयो अथवा ३० डिग्री वा सोभन्दा बढी तापक्रम एउटै स्टेशनमा लगातार दुई दिन वा सोभन्दा बढी रहेको अवस्था भयो भने त्यसलाई हिट वेव कन्डिशन भनिन्छ । ४ दिनभन्दा बढी रह्यो भने यसलाई तातो अवस्था भनिन्छ । तर फेरी घट्छ । हावाको चाप, हावाको प्रेशर कतातिर गइराखेको छ ? तातो हावा कति माथि जान्छ ? माथिबाट तातो हावाले चिसो हावालाई दबाएर राख्ने र त्यो दबाएर राख्दाको अवस्थामा हाइ प्रेशर र लो प्रेशरको मिक्स्चर । एकदमै सुख्खा हावा र एकदमै वाष्फिकरण हावाको टकराव र यस्तो खालको अवस्थाबाट उत्पन्न हुने अवस्था भएको हुनाले डाइनामिक हुन्छ । चलिरहन्छ । यसो हुँदा हावाहुरी चल्ने हुन्छ । यतिबेला हामी सचेत हुनुपर्ने हुन्छ । जस्तो चैत २ देखि ३ मा तराई क्षेत्रमा हावाको गती २५ देखि ३५ किलोमिटर प्रतिघण्टाको दरले बहदैछ भन्ने आएको छ । ४० किलोमिटर प्रतिघण्टाको अवस्था छ भने त्यसले ठुलो क्षति त गर्दैन । तर रुख ढाल्न सक्ने, कृषि प्रणालीमा क्षति पुग्ने अवस्था हुन सक्छ ।’

उहाँले यस्तो अवस्थामा सर्वसाधारणलाई पूर्व सुचना दिनु आवश्यक रहेको बताउनुभयो । तापक्रम वृद्धि भई अत्याधिक हावा चल्ने हुँदा कृषि प्रणालीमा समेत असर पर्ने भएकाले सजग हुनुपर्ने उहाँले बताउनुभयो । जलवायु विज्ञ डा। उप्रेतीले पछिल्लो समय नेपालमा जलवायु परिवर्तनको असर तिव्र रुपमा देखा परिरहेको बताउनुभयो ।तापक्रम बढ्दो मात्रामा

काठमाडौं । नेपालमा पछिल्लो दिनहरुमा तापक्रम बढ्दो मात्रामा रहेकाले सजग हुन विज्ञहरुले सुझाएका छन् ।  

सोमवार सम्म मौसम विज्ञान विभागको रेकर्ड अनुसार ३९ वटा केन्द्रमा ३० देखि ३५ डिग्री तापक्रम रेकर्ड भएको तथा एउटा केन्द्रमा भने ४० डिग्री तापक्रम रेकर्ड भएको उल्लेख गर्दै उहाँले केही दिन तापक्रम वृद्धि निरन्तर बढ्नसक्ने बताउनुभयो । जलवायु विज्ञ डा। उप्रेतीले तराईमा ४० डिग्री वा सोभन्दा बढी तापक्रम पुग्यो भने र पहाडमा ३० डिग्री भन्दामाथि तापक्र पुगेको अवस्थामा तातो हावा आउने उल्लेख गर्नुभयो । मंगलवार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै जलवायु विज्ञ डा। धर्मराज उप्रेतीले पछिल्लो समय नेपालमा तापक्रम वृद्धि भइरहेको बताउनुभयो । नेपालमा केही दिन यसको सम्भावना भएकाले सर्तक रहनुपर्नेमा उहाँले जोड दिनुभयो । तातो हावा चलेको अवस्थामा पर्यावरण सुख्खा रहने, कम पानि पर्ने हुँदा प्रदुषण बढ्ने र ठुलो वेगको हावा चल्दा भौतिक संरचनाहरुमा क्षति पुग्नासक्ने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘यो पिरियडमा हावाहुरी बढी चल्ने तातो हावा चल्ने तापक्रम ३० डिग्री ४० डिग्री भन्दा माथिको अवस्थामा रहने त्यसले गर्दा वातावरण पर्यावरण सुख्खा हुनाले आगोलागीको सिजन, पानि कम पर्ने हुँदा प्रदुषणको मात्रा बढ्ने । एकैचोटी ठुलो वेगको हावा चल्ने हुँदा छाना उडाउने , रुख ढल्ने हुँदा चोटपटक हुने । हानी नोक्सानी हुने विभिन्न अवस्था सिर्जना हुन्छन् । हिजोसम्मको अवस्थामा नेपालको ३९ वटा केन्द्रमा जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार ३० देखि ३५ डिग्री तापक्रम ३९ वटा केन्द्रमा रेकर्ड भएको छ भने नवलपुरको एउटा केन्द्रमा ४० डिग्री रेकर्ड भइरकेको अवस्था छ ।

भनेपछि भारतको जुन अवस्था छ नेपालतिर सिफ्ट भइराखेको देख्न सकिन्छ । कुनै तापक्रम त आजपनि ४० डिग्री पुग्न सक्छ नि त । तर लगातार दुई दिन वा सोभन्दा बढी ४० डिग्री तापक्रम एकै ठाउँमा रह्यो भने ४० डिग्री वा सोभन्दा बढी तापक्रम एकै ठाउँमा भयो अथवा ३० डिग्री वा सोभन्दा बढी तापक्रम एउटै स्टेशनमा लगातार दुई दिन वा सोभन्दा बढी रहेको अवस्था भयो भने त्यसलाई हिट वेव कन्डिशन भनिन्छ । ४ दिनभन्दा बढी रह्यो भने यसलाई तातो अवस्था भनिन्छ । तर फेरी घट्छ । हावाको चाप, हावाको प्रेशर कतातिर गइराखेको छ ? तातो हावा कति माथि जान्छ ? माथिबाट तातो हावाले चिसो हावालाई दबाएर राख्ने र त्यो दबाएर राख्दाको अवस्थामा हाइ प्रेशर र लो प्रेशरको मिक्स्चर । एकदमै सुख्खा हावा र एकदमै वाष्फिकरण हावाको टकराव र यस्तो खालको अवस्थाबाट उत्पन्न हुने अवस्था भएको हुनाले डाइनामिक हुन्छ । चलिरहन्छ । यसो हुँदा हावाहुरी चल्ने हुन्छ । यतिबेला हामी सचेत हुनुपर्ने हुन्छ । जस्तो चैत २ देखि ३ मा तराई क्षेत्रमा हावाको गती २५ देखि ३५ किलोमिटर प्रतिघण्टाको दरले बहदैछ भन्ने आएको छ । ४० किलोमिटर प्रतिघण्टाको अवस्था छ भने त्यसले ठुलो क्षति त गर्दैन । तर रुख ढाल्न सक्ने, कृषि प्रणालीमा क्षति पुग्ने अवस्था हुन सक्छ ।’

उहाँले यस्तो अवस्थामा सर्वसाधारणलाई पूर्व सुचना दिनु आवश्यक रहेको बताउनुभयो । तापक्रम वृद्धि भई अत्याधिक हावा चल्ने हुँदा कृषि प्रणालीमा समेत असर पर्ने भएकाले सजग हुनुपर्ने उहाँले बताउनुभयो । जलवायु विज्ञ डा। उप्रेतीले पछिल्लो समय नेपालमा जलवायु परिवर्तनको असर तिव्र रुपमा देखा परिरहेको बताउनुभयो ।