१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलः चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत १५ औं खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गरिरहेका छन् ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा चितवनले सुदूरपश्चिमलाई १६५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ थालेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन जोड्यो ।

उसका लागि हसन इसाखिलले सर्वाधिक ६५ रन जोडे । ५२ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे । रवि बोपाराले १८ बलमा ३६ रनको विष्फोटक इनिङ खेले । उनले २–२ चौका र छक्का हिर्काए । यस्तै, बिपिन रावलले १७, कुशल मल्लले १३ रन बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुग्लेजिनले दुई तथा दिपेन्द्र सिंह ऐरी र सैफ जइबले एक–एक विकेट लिए ।