३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलः लुम्बिनीको लगातार चौंथो हार, जनकपुरसँग १ रनले पराजित



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनीले लगातार चौंथो हार ब्यहोरेको छ ।

भर्खरै सम्पन्न खेलमा लुम्बिनी जनकपुर बोल्ट्ससँग १ रनले स्तब्ध बनेको हो । जनकपुरले दिएको १३६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनाउँदै १ रनले चुक्यो ।

लुम्बिनीलाई जितबाट रोक्न जनकपुरका हर्ष ठाकर एक्लैले पाँच विकेट लिए । अन्तिम बलमा २ रन चाहिएको अवस्थामा ठाकरले स्ट्राइकमा रहेका सन्दीप जोरालाई आउट पार्दै खेल नै पल्टाए ।

जोरा ८ बलमा १६ रन जोडेर आउट भए । लुम्बिनीका कप्तान रोहित पौडेलले ३५, अर्जुन साउदले २०, टम मुरेसले ३१ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ जनकपुरका ठाकेरले चार ओभरमा २३ रन खर्चेर पाँच विकेट लिए भने किशोर महतो, ललित राजवंशी र शेर मल्लले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको जनकपुरले २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन जोड्यो ।

उसका लागि कप्तान अनिल शाहले सर्वाधिक ४५ रन जोडे । यस्तै, लाहिरु मिलान्थाले २४, शुभ कंसाकारले अविजित २२ तथा आसिफ शेखले १६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ लुम्बिनीका अभिषेश गौतमले चार ओभरमा २० रन खर्चेर तीन, रोहित पौडेलले चार ओभरमा २२ रन खर्चेर दुई, साद बिन जफरले ३ ओभरमा ११ रन खर्चेर दुई तथा सन्दीप जोरोले २ ओभरमा १३ रन खर्चेर एक विकेट लिए ।

जारी प्रतियोगितामा जनकपुरको यो चौंथो जित हो भने लुम्बिनीको चौंथो हार हो ।

आजै यसपछि केहीबेरमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।