३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएल: कर्णालीले विराटनगरलाई दियो १३४ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) अन्तरगत आजको दोस्रो खेलमा विराटनगर किङ्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

जारी खेलमा कर्णालीले विराटनगरलाई १३४ रनको लक्ष्य दिएको छ । किर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले २० ओभरमा सबै विकेट गुमाएर १३३ रन जोड्यो ।

उसका लागि देव खनाल र विलियम बोसिस्टोले अर्धशतकिय पारी खेले । बोसिस्टोले ४९ बलमा ६६ तथा खनालले ४८ बलमा ५३ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ विराटनगरका प्रतिश जिसिले चार, बसिर अहमद र क्रीस सोलले दुई-दुई तथा अकिब इलियासले एक विकेट लिए ।