३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएल: सुदूरपश्चिमले लुम्बिनीलाई हरायो



अ+ अ-

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) अन्तरगत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जित निकालेको छ ।

भर्खर सम्पन्न खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्सलाई ४५ रनले हराएको हो ।

सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रनमात्र बनाउन सक्यो ।

उसका लागि बिबेक यादवले सर्वाधिक अविजित ७७ रन बनाए । उनले बिस्फोटक इनिङ खेलेपनि टोलिको हार टार्न सकेनन् । यादवले ७ छ्क्का ३ चौका हिर्काए ।

यस्तै सन्दीप जोराले २० तथा दिनेश अधिकारीले १४ रन बनाउदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ सुदूरपश्चिमका ब्रेन्डन म्याकमुलेन र सैफ जइबले तीन(तीन तथा स्कट कुगलेजिनले दुई तथा अविनाश बोहराले एक विकेट लिए ।

त्यसअघि किर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले २० ओभरमा ४ विकेटको क्षतिमा १८७ रन जोड्यो । उसका लागि सैफ जइबले बिस्फोटक पारी खेले । उनले ६१ बलमा ५ छक्का र ६ चौकाको मद्दतमा ९० रन बनाए ।

यस्तै, ब्रेन्डन म्याकमुलेनले २३, बिनोद भण्डारीले १७, दिपेन्द्र सिंह ऐरीले अविजित ३९ तथा स्कट कुगलेजिनले ११ रन जोडे ।

बलिङतर्फ लुम्बिनीका रेमोन सिमोन्ड्सले २ तथा रोहित पौडेलले र बिबेक यादवले १-१ विकेट लिए ।

योसँगै सुदूरपश्चिम लगातार तीन खेलमा जित निकाल्न सफल भएको छ भने लुम्बिनीले लगातार तीन खेलमा हार बेहोरेको छ ।