२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक्ष्य रक्षा गर्नसक्छौं भन्ने थियो–कप्तान रोहित



अ+ अ-

काठमाडौँ । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले पोखरा एभेन्जर्सविरुद्धको लक्ष्य रक्षा गर्नसक्छौं भन्ने लागे पनि स्पिनरले राम्रो गर्न नसक्दा हार व्यहोरेको बताए ।

लगातार दोस्रो हारपछि रोहितले बलिङमा धेरै राम्रो गर्नुपर्ने धारणा राखे । आफू टिमबीच राम्रो साझेदारी भएपनि त्यसलाई राम्रो योगफलमा लैजान नसकिएको पनि रोहितले उल्लेख गरे ।

आफूले प्रयोग गरेको बलिङ अप्सन पनि सफल नभएकाले उनी बताउँछन् । उनले अब थप बलर ल्याउन सम्भव नहुने र आफूसँग भएको बलरबाट पनि उत्कृष्ट नतिजा ल्याउने प्रयास गर्ने बताए ।

भएको बलरबाट राम्रो नहुँदा भारतका तिब्र गतिका बलर जसप्रित बुमराह ल्याउनुपर्ने भन्दै मजाक पनि गरे ।

लगातार जितका लागि पर्याप्त हुने लक्ष्य बनाउँदा पनि सफल नहुनु कठिन रहेको उनको भनाइ छ । तर यो नतिजापछि दबाब महशुस नगरेको पनि उनी बताउँछन् ।

उनले शतक पूरा गर्ने लक्ष्य पनि बलरले उत्कृष्ट बलिङ फ्याक्दा सहज नभएकाले बताए । राम्रो स्ट्राइक रेटमा ब्याटिङ गर्नुको पछाडि आफूले आत्मविश्वासी महशुस गरिरहेको उनको भनाइ छ ।