काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले हार ब्यहोरेको छ ।
गएराति भएको खेलमा टोटेनहम बर्नमाउथसँग १–० गोलले स्तब्ध बनेको हो ।
घरेलु टोलिलाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको १७ औं मिनेटमा डिन हुइजसेनले गरे ।
यो नतिजापछि बर्नमाउथ १४ खेलबाट २१ अंकका साथ नवौं स्थानमा छ भने टोटेनहम २० अंकका साथ १० औं स्थानमा छ ।









