१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीर्ष पाँच ब्याटरले राम्रो ब्याटिङ गर्न नसक्दा सोचेअनुरूप भएनः सोमपाल



अ+ अ-

काठमाडौँ । कर्णाली याक्सका कप्तान सोमपाल कामीले माथिल्लो क्रमका शीर्ष पाँच ब्याटरले राम्रो ब्याटिङ गर्न नसक्दा सोचेअनुरूप योगफलमा ३० रन कम भएको बताएका छन् ।

जनकपुर बोल्ट्ससँग आठ विकेटको फराकिलो हारपछि कप्तान सोमपालले १७० रन सम्मको योगफल बनाउने लक्ष्य भए पनि शिर्ष पाँच ब्याटरले राम्रो भुमिका खेल्न नसक्दा हार व्यहोर्नुपरेको बताएका हुन् ।

आजको पिचमा खेल्न सहज नभए पनि जनकपुरका कप्तान अनिल साह र आसिफ शेखले राम्रो सट सेलेक्सनसँगै राम्रो ब्याटिङ गरेको उनको भनाइ थियो ।

उनले आगामी खेलमा घरेलु खेलाडीले सुधार गर्दै जित दिलाउने विश्वास व्यक्त गरे । विदेशी खेलाडीले आशा गरेअनुरूप खेल्न नसकेको भन्दा पनि उनीहरूलाई पिच बुझ्न गाह्रो भएको सोमपाल बताए । उनले आफ्नो टोलीमा ब्याटर र बलर राम्रो रहेको पनि बताए । तर आगामी दिनमा गल्ती सुधार गर्दै जित निकाल्ने उनको विश्वास छ ।

जनकपुर बोल्ट्का प्रशिक्षक पुबुदु दसानायकेले टोलीको योजनाअनुरूप नतिजा आएको बताए । उनले खेल्दै गएपछि पिच राम्रो हुँदै जाने भएकाले पछि ब्याटिङ गर्दा केही सहज हुनेमा विश्वस्त रहेको बताए । प्रशिक्षक पुबुदुले अन्तिम दुई ओभर आफूहरूका लागि राम्रो नभएको पनि उल्लेख गरे । विदेशी खेलाडीहरू ब्याटिङमा संघर्ष गर्दा अनिल साह र आसिफ शेखले राम्रो गर्न सकेकोमा प्रशिक्षक पुपुदु खुशी थिए ।